काठमाण्डौ – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार नौ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले बढेर दुई हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ७० रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया