back

आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै

काठमाडौं । धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले हरितालिका तिजको व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्‌को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।

वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएका थिए। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ।


बनेपा नगरपालिका
२०८१ साल असोज ६ गते आइतवारको राशिफल

२०८१ साल असोज ६ गते आइतवारको राशिफल

वि.सं.२०८१ असोज ६ आइतवार ०८:५३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीक्षा...

हेर्नुहोस् आजको राशिफल

हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० भदौ २ शनिवार १३:११

कन्या – VIRGO (टो, प, पि, पु, ष, ण, ठ,...

नेपाली मौलिक बाजा प्रशिक्षण सम्पन्न

नेपाली मौलिक बाजा प्रशिक्षण सम्पन्न

वि.सं.२०७८ मंसिर २९ बुधवार १२:५१

पाँचथर २९ मंसिर । बाह्र दिने च्याब्रुङ प्रशिक्षण सम्पन्न भएको...

दुःखमा साराथी बन्दै कटुञ्जे युवा क्लब

दुःखमा साराथी बन्दै कटुञ्जे युवा क्लब

वि.सं.२०७८ साउन १६ शनिवार २१:४८

गत असारको बाढीले अति प्रभावित मेलम्ची क्षेत्रमा कोरोना संक्रमण नियन्त्रणमा...

लायन्स क्लब चौतारा सिटिको अध्यक्षमा शर्मा

लायन्स क्लब चौतारा सिटिको अध्यक्षमा शर्मा

वि.सं.२०७८ साउन १६ शनिवार २१:४५

अन्र्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको सन्तान सिन्धुपाल्चोक चौतारामा समेत फैलिएको...

बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक शाह पुष महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी

बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक शाह पुष महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी

वि.सं.२०७८ साउन १६ शनिवार २१:४०

इलाका प्रहरी कार्यालय बाह्रबिसेमा कार्यरत प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाह...