back

एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण

काठमाडौं  । सन् २०२४ मा ११ लाख ४०  हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। आज (मंगलबार) बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ।

बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै  सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले  पर्यटक आगमन बढेको  जानकारी दिए। सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए। कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो। सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो।

राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ)को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ।

नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका  मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो।


बनेपा नगरपालिका
नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी

नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी

वि.सं.२०८१ पुस १७ बुधवार ०७:५१

काठमाडौं- सस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशको पर्यटन क्षेत्रको...

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते हुने

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते हुने

वि.सं.२०८१ पुस १५ सोमवार १२:०८

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले ७औँ साधारण सभा तथा...

वि.सं.२०८१ भदौ २० बिहीवार ०९:३९

काठमाडौं । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी...

बाढी प्रभावित विद्यार्थीहरुलाई प्याब्सनको शैक्षिक सामग्री सहयोग

बाढी प्रभावित विद्यार्थीहरुलाई प्याब्सनको शैक्षिक सामग्री सहयोग

वि.सं.२०७८ साउन १६ शनिवार २१:४६

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०ले सदस्य विद्यालयका मेलम्ची...

साउनमा हरीयो चुरा र मेहन्दिको महत्व

साउनमा हरीयो चुरा र मेहन्दिको महत्व

वि.सं.२०७८ साउन १६ शनिवार १६:३५

यो महिना सुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन्...

भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्न प्रस्ताव

भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्न प्रस्ताव

वि.सं.२०७८ साउन १६ शनिवार १६:२९

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भदौ १६ गतेदेखि वडा...