back

आठ महिनामा भित्रिए सात लाखभन्दा बढी पर्यटक

काठमाडौं । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको जनवरीदेखि अगस्टसम्म सात लाख २० हजार ३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

बोर्डकानुसार अगस्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् ।

सन् २०२३ को अगस्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्ष कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताए । उनले भारत र चीनलक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएकाले आगामी दिनमा छिमेकीसहित अन्य मुलुकबाट पनि उल्लेख्य संख्यामा पर्यटक आउने विश्वास व्यक्त गरे ।

बोर्डको आँकडाअनुसार अगस्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ७३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट पाँच हजार ६१४, श्रीलंकाबाट चार हजार ८५१ र बंगलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल भित्रिएका छन् ।


बनेपा नगरपालिका
बाढी प्रभावित विद्यार्थीहरुलाई प्याब्सनको शैक्षिक सामग्री सहयोग

बाढी प्रभावित विद्यार्थीहरुलाई प्याब्सनको शैक्षिक सामग्री सहयोग

वि.सं.२०७८ साउन १६ शनिवार २१:४६

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०ले सदस्य विद्यालयका मेलम्ची...

साउनमा हरीयो चुरा र मेहन्दिको महत्व

साउनमा हरीयो चुरा र मेहन्दिको महत्व

वि.सं.२०७८ साउन १६ शनिवार १६:३५

यो महिना सुरु हुन नपाउंदै महिलाहरु रंगीन हुन थालेका हुन्...

भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्न प्रस्ताव

भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्न प्रस्ताव

वि.सं.२०७८ साउन १६ शनिवार १६:२९

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भदौ १६ गतेदेखि वडा...