back

आज नेपाल र अमेरिका भिड्दै :विश्वकप तयारी

काठमाडौं – टी-२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र अमेरिकाको खेल राति सवा ९ बजे अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा हुनेछ। पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।

अमेरिका र नेपालबिच भएका पछिल्ला ५ खेलमा नेपालले चार खेल गुमाएको छ। विश्वकप आयोजकसमेत रहेको अमेरिकासँगको खाजको खेललाई महत्त्वका साथ हेरिएको छ।

यसअघि सोमबार राति अमेरिका डालास मैदानमै टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएको नेपालले कमजोर प्रदर्शन गरेको थियो। क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा एक सय २० रन बनाएर अलआउट भएको थियो।

नेपालका लागि कुशल मल्लले ३० बलको सामना गर्दै दुई चौका र दुई छक्काको मद्तमा सर्वाधिक ३७ रन बनाएका थिए भने दुई चौका र एक छक्का प्रहार गरेका अनिल साहले १६ बलमा २४ रन बनाउँदा आसिफ शेखले २२ रन बनाए। कुशल भुर्तेलले १६ बलमा १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।


बनेपा नगरपालिका
आज नेपाल र श्रीलंका भिड्ने: आईसीसी विश्वकप क्रिकेट लिग–२

आज नेपाल र श्रीलंका भिड्ने: आईसीसी विश्वकप क्रिकेट लिग–२

वि.सं.२०८१ भदौ १८ मंगलवार ०९:४८

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि श्रीलंका पुगेको...

फुटबल साफ यु–२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा

फुटबल साफ यु–२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा

वि.सं.२०८१ भदौ ५ बुधवार २१:०९

काठमाडौं– नेपालमा जारी साफ यु–२० च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा...

युरोकपको फाइनलमा इङ्गल्यान्ड

युरोकपको फाइनलमा इङ्गल्यान्ड

वि.सं.२०८१ असार २८ बिहीवार ११:३४

काठमाडौँ-इङ्गल्यान्ड युरो कपको फाइनलमा पुगेको छ । सिग्नल इडुना पार्कमा...

बर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

बर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

वि.सं.२०८१ जेठ ३० बुधवार १६:४३

काठमाडौ । आइसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द...

नन्दालाले पाइन अमेरिकामा दोहोरो स्वर्ण

नन्दालाले पाइन अमेरिकामा दोहोरो स्वर्ण

वि.सं.२०८१ जेठ २१ सोमवार ११:१४

काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए...

महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न १२ स्वर्ण पदकसहित विश्व निकेतन मा.वि. त्रिपुरेश्वर प्रथम

महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न १२ स्वर्ण पदकसहित विश्व निकेतन मा.वि. त्रिपुरेश्वर प्रथम

वि.सं.२०८० पुस २१ शनिवार ०९:३६

काठमाडौं । काठमाडौं महानगर पालिकाको आयोजनामा भएको महानगरस्तरीय तेस्रो राष्ट्रपति...