back

लिओनल मेस्सीको बिदाइपछि बार्सिलोना टुक्रिएको छ:बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके

२५ साउन, काठमाडौं । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले क्लबका स्टार लिओनल मेस्सीको बिदाइपछि बार्सिलोना केही टुक्रिएको बताएका छन् । जोन ग्याम्पर ट्रफी खेलमा युभेन्टसलाई ३-० गोलले पराजित गरे पनि मेस्सीको बिदाइपछि बार्सिलोना केही टुक्रिएको उनले बताए ।

फुटबलकै एक उत्कृष्ट खेलाडीलाई गुमाएपछि आगामी सिजनमा धेरै आशा नरहेको समेत पिकेले बताए । ‘मेस्सीको बिदाइको कारण टीम साँच्चिकै बिग्रेको छ, हामी आक्रमणमा जादू गुमाउनेछौं, तर हामी अगाडि बढ्नुपर्छ, प्रशंसकहरुले हामीबाट धेरै आशा गर्दछन्,’ उनले भने ।

‘हामीले अहिलेसम्मकै सर्वश्रेष्ठ खेलाडी गुमाएका छौं । यसले हामीलाई चोट पुर्‍याएको छ र यसले उनलाई पनि चोट पुर्‍याएको छ। मलाई पूरै कहानी थाहा छैन, दुई पार्टीले भनेका छन् कि यो संख्याको कुरा हो, उनले भने, ‘पछिल्लो वर्षको व्यवस्थापनले मद्दत गरेको छैन, तर इतिहासले देखाउँछ कि हामी उठ्नेछौं ।’

क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा, माथिस डे लिग्ट जस्ता स्टार खेलाडीहरु भएको युभेन्ट्स विरुद्ध बार्सिलोनाले खेलको तेस्रो मिनेटमै मेम्फिस डिपाएको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफमा मार्टिन ब्रेथवेइट र रिकार्ड पुईगले गोल गरेपछि बार्सिलोनाले सहज जित हात पारेको थियो ।


कर्णालीविरुद्ध रोमाञ्चक जितसहित जनकपुर फाइनलमा,

कर्णालीविरुद्ध रोमाञ्चक जितसहित जनकपुर फाइनलमा,

वि.सं.२०८१ पुस ४ बिहीवार १७:५३

काठमाडौं । अलराउन्डर जिम्मी निसम नायक बनेपछि दोस्रो क्वालिफायरमा कर्णाली...

आज नेपाल र श्रीलंका भिड्ने: आईसीसी विश्वकप क्रिकेट लिग–२

आज नेपाल र श्रीलंका भिड्ने: आईसीसी विश्वकप क्रिकेट लिग–२

वि.सं.२०८१ भदौ १८ मंगलवार ०९:४८

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि श्रीलंका पुगेको...

फुटबल साफ यु–२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा

फुटबल साफ यु–२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा

वि.सं.२०८१ भदौ ५ बुधवार २१:०९

काठमाडौं– नेपालमा जारी साफ यु–२० च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा...

युरोकपको फाइनलमा इङ्गल्यान्ड

युरोकपको फाइनलमा इङ्गल्यान्ड

वि.सं.२०८१ असार २८ बिहीवार ११:३४

काठमाडौँ-इङ्गल्यान्ड युरो कपको फाइनलमा पुगेको छ । सिग्नल इडुना पार्कमा...

बर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

बर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

वि.सं.२०८१ जेठ ३० बुधवार १६:४३

काठमाडौ । आइसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द...

नन्दालाले पाइन अमेरिकामा दोहोरो स्वर्ण

नन्दालाले पाइन अमेरिकामा दोहोरो स्वर्ण

वि.सं.२०८१ जेठ २१ सोमवार ११:१४

काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए...