समाचार

गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामै सात जना पक्राउ



काठमाडौँ । काठमाडौँको एक गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

काठमाडौं महानरपालिका-२६ मित्रनगरस्थित रुकुम पश्चिम मुसीकोट नगरपालिका-१० घर भएका ४५ वर्षीय सञ्जय कुमार कठायतको लाइभ ईन गेस्ट हाउसबाट मा होटल सञ्चालक सञ्जय समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार रुपैयाँ र तास सहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २८ फाल्गुन २०८१, बुधबार, ,