back

बागलुङ कालिका मन्दिरमा कात्तिक महिनाको भेटि ३५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा कात्तिक महिनामा ३५ लाख रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो महिनाको तुलनामा कात्तिकमा १० लाख रुपैयाँ कम हो ।

बागलुङ कालिका मन्दिरमा असोजमा ४५ लाख २७ हजार रुपैयाँ भेटी सङ्कलन भएको थियो । असोज महिनामा बडादशैँ परेको थियो । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति बागलुङले मासिक रुपमा हिसाब किताब सार्वजनिक गर्दै आएको छ । जसअन्तर्गत कात्तिकमा ३५ लाख भेटी र अन्य आम्दानी हुँदा १६ लाख रुपैयाँ खर्च भएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

कात्तिकमा ३५ लाख तीन हजार तीन सय ३२ आम्दानी भएको र १६ लाख १५ हजार खर्च भएको छ भने १८ लाख ८८ हजार तीन सय ३२ बचत भएको खड्काले बताए ।

आम्दानीमा भक्तजनले समर्पण गरेको भेटीबाट २२ लाख ३५ हजार पाँच सय ८५, चामल बिक्रीबाट ८० हजार पाँच सय, बोकाबाट ६१ हजार सात सय ५०, कुखुराबाट चार हजार आठ सय, राँगोबाट एक हजार आठ सय, सटर भाडा तीन लाख १४ हजार पाँच सय ४०, विवाहबाट एक हजार, आर्थिक सहयोग एक लाख २० हजार सात सय सात, परेवा बिक्रीबाट छ लाख ७० हजार सात सय ५० व्रतबन्धबाट छ सय, पण्डितबाट ११ हजार चार सय आम्दानी भएको अध्यक्ष खड्काले जानकारी दिए ।


तराईका धेरै भूभागमा हुस्सु र कुहिरो,

तराईका धेरै भूभागमा हुस्सु र कुहिरो,

वि.सं.२०८१ माघ ९ बुधवार ०९:४५

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

आज पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावना

आज पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावना

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:२५

काठमाण्डौ – देशको पश्चिम क्षेत्रमा पश्चिमी न्यूनचापीय प्रणाली भित्रिएको छ...

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

वि.सं.२०८१ पुस १४ आइतवार ०८:५६

काठमाडौँ । पुसको कठ्याङ्ग्रिने जाडोमा ११ वर्षीय निखिललाई कलङ्कीबाट रात्रिबस...

विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा झन्डै ७३ अर्ब रुपैयाँ लगानी जुट्यो

विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा झन्डै ७३ अर्ब रुपैयाँ लगानी जुट्यो

वि.सं.२०८१ पुस ८ सोमवार १९:०६

काठमाण्डौ – विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...

उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला

उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला

वि.सं.२०८१ मंसिर १३ बिहीवार १८:२२

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा विभिन्न सयमा हराएका २७...