back

मुक्तिनाथमा दर्शनार्थीको भिड

गण्डकी- प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ। विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन्।

यस वर्ष सोह्र श्राद्ध सुरु भएयता मुक्तिनाथमा आउने दर्शनार्थीको संख्यामा बृद्धि भएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए। ‘सोह्र श्राद्ध सुरु भए यता देशका विभिन्न स्थानबाट आउने दर्शनार्थीहरू बढ्दै गएका छन्’, उनले भने, ‘पितृ पक्ष अवधिभर नै यहाँ दर्शनार्थी आउने गर्दछन्।’

मुस्ताङ आएका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहीआएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बताए।

प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको उहाँले बताउँदै उनले यहाँ आएर कागवेनी श्राद्ध गरी मुक्तिनाथ भगवानको दर्शन गरेमा पितृले मोक्ष प्राप्त गरी भावी सन्ततिलाई सुख, शान्ति र समृद्धि हुने विश्वास रहेको बताए।

मन्दिरमा आइसकेपछि दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन्। एक सय आठ धाराको पानीलाई घरघरमा तीर्थ जलका रुपमा लैजाने प्रचलन छ। प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मुक्तिनाथ धार्मिक दृष्टिका साथै पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण छ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रुपमा लिइन्छ। तपस्याका क्रममा विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको एक सय आठ धारा यहाँ रहेको प्राचीन किंवदन्ती छ। समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मन्दिर परिसरका धारामा बाह्रै मास पानी आइरहनुलाई धार्मिक महत्वका रुपमा हेरिन्छ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...