back

एमाले बनाउन पूर्वजहरूको त्याग, दुःख र बलिदान छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमाले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अग्रजहरूको इतिहास बिर्सन नहुने बताउनुभएको छ ।
रामेछापको सुनपाति गाउँपालिका–१ गुन्सीमा एमाले वडा पार्टीको अधिवेशन उद्घाटन तथा कम्युनिष्ट पार्टीका सेल्टरदाताको सम्मान कार्यक्रमलाई शनिबार गुन्सिमा सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले अग्रजको सम्मानले नै इतिहास जोगिने बताउनुभयो । ‘इतिहास प्रेरणा हो, इतिहास शक्ति हो, इतिहासलाई जस्ताको तस्तै जीवित बनाऊँ’, उहाँले भन्नुभयो ।
हिजोको निरङ्कुश कालमा ग्रामीण महिलाले पार्टी जोगाउन गरेको जस्तो योगदान आजको पुस्ताले गर्न नसकेको उहाँले बताउनुभयो । ‘हामी के के न गरेका छौँ भन्छौँ, उहाँहरूले गरेको एकछेउ काम पनि हामीले गर्न सकेका छैनौँ, उहाँहरूले जीवन जोखिममा राखेर काम गर्नुभयो, त्यो सबैको लागि प्रेरणा हो’, उहाँले भन्नुभयो ।
शाक्यले हिजोको राजनीति त्याग र दुःख कष्टको राजनीति भएको बताउनुभयो । हिजो दुःख कष्ट गरेर पार्टी निर्माण भएको उहाँले बताउनुभयो । ‘यो त्यागको पार्टी हो, दुःखको पार्टी, बलिदानको पार्टी’, उहाँले भन्नुभयो ।
नेकपा एमाले धेरै अग्रजहरूले बलिदान गरेको पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो । उहाँहरूको त्यही योगदानबाट आज पार्टी सुखको राजनीतिमा पुगेको उहाँले बताउनुभयो । ‘हिजो पार्टीमा काम गर्दा न सत्तामा पुगिन्छ भन्ने थियो, न केही प्राप्त हुन्छ भन्ने थियो, केवले योगदान र बलिदान मात्रै थियो’, शाक्यले भन्नुभयो ।
सुविधा र सत्ता राजनीतिसँगै पार्टीका नेता कार्यकर्ता स्वार्थी हुँदै गएका प्रति शाक्यले चिन्ता व्यक्त गर्नुभयो । ‘सुविधाको राजनीतिले आज हामीलाई स्वार्थमा पुर्‍यायो, यसले देश, जनता र दुःखलाई बिर्सियो’, उहाँले भन्नुभयो ।
ऐतिहासिक योद्धा जीवित हुँदै इतिहासलाई लिपिबद्ध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसमा ढिला गर्नु नहुने बताउँदै शाक्यले यो जिम्मा पार्टीले लिनु पर्ने बताउनुभयो ।
उहाँले देश बनाउने पार्टी नेकपा एमाले नै भएको बताउनुभयो । एमाले र कांग्रेस देशका प्रमुख दल भएकाले देश बनाउने विषयमा एमाले र कांग्रेस नै गम्भीर भएर लाग्नु पर्नेमा शाक्यले जोड दिनुभयो ।
पार्टीको धरातल गाउँ नै भएको बताउँदै शाक्यले पार्टीलाई बलियो बनाउन धरातलमा नै टेक्नु पर्ने बताउनुभयो । मिसन २०८४ मा पार्टीलाई बहुमत सहितको एक नं पार्टी बनाउन धरातलमा टेकेर राजनीतिक अभियान सञ्चालन गन शाक्यले निर्देशन दिनुभयो । ‘मिसन २०८४ भनेको एमालेलाई बहुमत सहितको सबैभन्दा ठुलो पार्टी बनाउने हो‘, शाक्यले भन्नुभयो ।
उहाँले अबको मिसन पार्टीको कामले मात्रै पुरा नहुने शाक्यले बताउनुभयो । उहाँले पार्टी कामसँगै विकास र समृद्धिको कामलाई जोडेर लैजानु पर्ने धारणा राख्नु भयो ।
अहिले गाउँ खालि हुँदा जमिन बाँझो बसेको र गाउँ घरमा बाँदरको राज भएको बताउनुभयो । गाउँमा बस्ने वातावरण बनाउन नयाँ ढङ्गले सोच्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘यति सारो हुन्छ भन्ने लागेको थिएन, गाउँ पुरै खालि, जम्मा ज्येष्ठ नागरिक, यसरी देश बन्दैन’, उहाँले भन्नुभयो ।
मानव श्रोत नभई देश नबन्ने बताउँदै शाक्यले यो गम्भीर विषय भएको बताउनुभयो । यस बारेमा अरूले सोचे पनि नसोचे पनि नेकपा एमालेले गम्भीर ढङ्गले सोच्नु पर्ने शाक्यको भनाइ छ ।
नेकपा एमालेलाई जनतासँगको सम्बन्धको हिसाबले नमुना पार्टी बनाउनु पर्नेमा शाक्यले जोड दिनुभयो । आर्थिक, सामाजिक रूपान्तरणको काम नेकपा एमालेले अघि बढाउनु पर्ने उहाँले बताउनुभयो । ’नेकपा एमाले अब नयाँ ढङ्गले अगाडि बढ्नु पर्छ, जनताले एमाले प्रति आशा, भरोसा र विश्वास गरेका छन्, त्यसलाई एमालेले मर्न दिनुहुँदैन’, शाक्यले भन्नुभयो ।


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...