back

नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्कीको उम्मेद्वारी

काठमाडौँ । नेपाल हिमालय सिमापार बाणिज्य संघको २४औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन यही माघ २७-२८ गतेबाट काठमाडौंमा हुँदैछ । विशेषगरी नेपाल चीन व्यापारको ठुलो मेरुदण्डको रुपमा रहेको यो संघका आगामी नेतृत्व कसले गर्ने भन्नेमा तीव्र प्रतिष्पर्धा सुरु भएको छ । निर्वाचनमा अध्यक्ष पदमा रामहरि कार्कीले उम्मेद्वरी दर्ता गराएका छन । निर्वाचन समितिले मनोनयन दर्ता गर्दै उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । अध्यक्ष वरिष्ठ उपाध्यक्ष , महासचिव , वरिष्ठ सचीव र सचीव गरि ५ पदमा निर्वाचन हुँदै छ ।

निर्वाचनमा अध्पयक्ष पदमा उठेका रामहरि कार्की  नेपाल चीन व्यापार सम्बन्धी राम्रो ज्ञान भएका अनुभवि र सक्रिय युवा व्यापारी हुन् ।

स्थापनाकालदेखि नै संघमा आवद्ध रहेर काम गरिसकेका अनुभवी र क्रियाशिल कार्कीले व्यापारी व्यवसायीहरुको हकहितका लागि अनवरत रुपमा काम गर्दै आएका छन् । आसन्न निर्वाचनका लागि उनले प्यानल नै बनाएर अघि बढेका छन् ।

व्यवसायीहरुको मर्म, भावना बुझेका कार्कीको संस्था स्थापना गर्नमा महत्पुर्ण भुमिका रहेको छ । उनी विगतका दिनहरुदेखि नै व्यापारीका समस्या सम्बोधन गर्न लागिपरिरहेका छन् । संघको वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा रहेर उनले व्यवसायीका थुप्रै समस्याहरुलाई नजिकबाट बुझेका छन् ।

संस्थामा सदस्यदेखि बरिस्ठ उपाघ्यक्ष सम्मको भूमिका निर्वाह गरिसकेका छन । उनले उत्तरी मुलुकमा निर्भर रहेर व्यापार व्यवासाय गर्ने व्यवसायीहरुको हितको निम्ति नेपाल र चीनमा व्यवसायीहरुले भोगेका समस्याहरुलाई समन्वय सहकार्य गरेर समाधान गर्ने र संस्थाको विधानअनुसार समूहिक रुपमा नेतृत्व प्रधान गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन  व्यवसायीको हक हितको लागि हिमालय सीमापार वाणिज्य संघमा लामाे समय देखि लगातार काम गर्दै आएका छन । यस अघि पाएको जिम्मेवारीमा कुशलता पुर्वक आफ्नो भुमिका निर्वाह गरेका छन । उनले आफ्नो एजेण्डा भनेको व्यवसायिक हकहितको लागि मात्रै भएको बताएका छन । बिगतमा नेतृत्व गरेकाको अनुभव , सल्लाह सुझाव अनुसार आफु काम गर्ने बताएका छन । त्यसकारण सम्पुर्ण मतदाताले आफ्नो पवित्र कर्मलाई मनन गरेर अदक्षले बिगतका कामको मूल्याकंन गर्दै अागमि दिनमा पनि अझै सक्रिय भएर काम गर्ने अवसर प्रदान गर्न अाफुलाइ भोट दिएर विजय गराउन अनुरोध गरेका छन् ।


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...