गायिका: काेमलओलिलाई मातृशाेक
काठमाडौँ । गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृ शोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो ।
शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा दीपा ओलीको निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् ।
ओली हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित थिइन । उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन ।
वि.सं.२०८० मंसिर २ शनिवार १४:३७