back

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक। बाढी,पहिरोबाट प्रभावित पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख आर्थिक सहयोग गरेको छ ।  गत भदौ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई १०/१० लाख सहयोग गर्ने निर्णय गरेको थियो ।

छिमेकी पालिकाहरूमा समस्या पर्दा केहि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताए । १० लाखको चेक ग्रहण गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहयोगको लागी धन्यवाद व्यक्त गरे ।

उनले मेलम्ची नगरपालिका असल छिमेकीको रुपमा प्रस्तुत भएको भन्दै यसले गाउँपालिकालाई ठूलो सहयोग भएको बताए । अध्यक्ष लामाले बाढीग्रस्त तिनै पालिका मिलेर सघं र प्रदेश सरकारलाई झक्झकाउनु पर्नेमा जोड दिए ।

हेलम्बु गाउँपालिकालाई पनि १० लाख सहयोग गरिने नगर प्रमुख आइतमान तामाङले जानकारी दिए । ‘हामी हेलम्बुलाई पनि १० लाख रुपैयाँ प्रदान गछौं,’ तामाङले भने ।

रकम हस्तान्तरण कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्षहरु चन्द्रबहादुर तामाङ, अमृत खनाल, राजु रायमाझी, गणेश तामाङ र लेखा अधिकृत मुरारी पुडासैनीलगायतको उपस्थित थिए।


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...