back

डेंगुबाट ७४ जिल्लामा १३ हजार बढी मानिस सङ्क्रमित


काठमाडौं श्रावण ३१,देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रम फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन्।

डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ। महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेङ्गुको सङ्क्रमण बढिरहेको बताए। उनले दैनिक सङ्क्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गरे।

“दैनिक डेङ्गुको सङ्क्रमण बढिरहेकाले सरसफाईसहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनुपर्दछ”, निर्देशक डा मरासिनीले भने, “डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने जोखिम छ। ”

नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गुको सङ्क्रमण देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए भने यसबाट ८८ जनाको मृत्यु भएको थियो ।


बनेपा नगरपालिका
कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी

कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी

वि.सं.२०८१ असोज १५ मंगलवार २१:२२

सिन्धुपाल्चोक असोज १५,निकट रहेको दशैंमा बजार मूल्य प्रभावित हुन नदिन...

बाढी पीडितको उद्धारमा आफै खटिए बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा

बाढी पीडितको उद्धारमा आफै खटिए बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा

वि.सं.२०८१ असोज १४ सोमवार २२:१७

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा उद्धारमा आफै खटिनु...

धादिङको झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी सुचारु

धादिङको झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी सुचारु

वि.सं.२०८१ असोज १४ सोमवार ०७:५७

काठमाडौं – धादिङको झ्याप्ले खोलामा अवरुद्ध भएको सडक सुचारु भएको...

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

वि.सं.२०८१ असोज १३ आइतवार १७:२०

धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म...

आज देखि तीन दिन विद्यालय बन्द ,सबै परिक्षा स्थगित गरि उद्दार र राहतमा जुट्न शिक्षा मन्त्रालयको अपिल

आज देखि तीन दिन विद्यालय बन्द ,सबै परिक्षा स्थगित गरि उद्दार र राहतमा जुट्न शिक्षा मन्त्रालयको अपिल

वि.सं.२०८१ असोज १३ आइतवार ०८:०२

असोज १३,काठमाडौ शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले देशमा आएको अविरल...

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने

वि.सं.२०८१ असोज ८ मंगलवार २१:३९

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट...