back

सुनकोशी गाउँपालिकको आ.व. ०८१/०८२ को बजेट ५५ करोड ५२ लाख ३२ हजार ६५० :- कृषि क्षेत्रलाई प्राथमिकता

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२को बार्षिक नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ । गाउँपालिकाको चौथो अधिवेशनमा बजेट र नीति कार्यक्रम सर्वसम्मत पारीत समेत भएको छ ।
सुनकोशी गाउँपालिकाले निर्धारीत समय असार १० मा नै नीति कार्यक्रम र बजेट पेश गरिएको र असार ३० गते आइतबार भएको गाउँ सभाबाट बजेट नीति तथा कार्यक्रम सर्वसम्मत पारीत भएको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो

गाउँपालिका अध्यक्ष तिमिल्सिनाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा प्रमुख प्राथामीकता कृषि क्षेत्रलाई दिइएको छ । कृषि मार्फत समुन्नत गाउँपालिका बनाउने उदेश्यले कृषि र पशुपालनमा २ करोड बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले पुर्वाधारको क्षेत्रमा वडा र पालिका बिच समपुरक योजना राखेर प्रभावकारी काम गर्न सुरुवात गरेको र त्यसलाई यो वर्ष थप प्राथामीकतामा राखेको गाउँपालिका अध्यक्ष तिमिल्सिनाले पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य सेवा तर्फ जिरो होम डेलिभरी लाई निरुत्साहीत गर्ने उदेश्यले सुत्केरी आमा र शिशुसँग गाउँपालिका भन्ने नयाँ कार्यक्रम अगाढी सारेको छ ।त्यस्तै बिद्यालय सीप मुलक कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सिप सिकाउने उदेश्यले विद्यार्थीसँग तरकारी खेती कार्यक्रम समेत सुरुवात गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

गाउँपालिका उपाध्यक्ष कान्छी लामाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ५२ लाख ३२ हजार ६५० रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो ।पेश गरिएको बजेटमा संघीय सरकारको सर्शत अनुदान र स्थानीय स्तरमा संकलन गरिने कर उल्लेख छ।गाउँपालिकाले सात वडामा वडास्तरीय योजनाका लागि ५ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।पालिका गौरवको आयोजना भनेर यस वर्षदेखि नयाँ कार्यक्रम समेत सुरु गरेको र त्यसका लागि ४ करोड ८१ लख रुपैयाँको बजेट बिनियोज गरिएको छ । गाउँपालिकाको गौरवको योजनाका लागि प्रत्येक वडामा ५० लाख रुपैयाँ बजेट उपलब्ध हुने र त्यो काम ठेक्का मार्फत गराउने गरी बजेट विनियोजन भएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँसभामा लेखा समिति संयोजक जालबहादुर लामाले लेखा समितिको प्रतिवेदन, महालेखा परिक्षकको प्रतिवेदन सुशासन समितिका संयोजक कुमार शाही र रोजगार रणनीति आर्थिक विकास समितिका संयोजक इश्वर तामाङ ले पेश गर्नुभएको थियो । गाउँ सभामा गाउँपालिकाबाट सेवा निवृत्त भएका प्रशासन शाखा प्रमुख रामबहादुर न्यौपानेलाई सम्मान सँगै बिदाई गरिएको थियो ।

 


बनेपा नगरपालिका
१४ हजारमै ट्याक्टर पाएपछि किसानहरू खुसीले गदगद कृषिमा यान्त्रीकरण गर्दै सुनकोशी

१४ हजारमै ट्याक्टर पाएपछि किसानहरू खुसीले गदगद कृषिमा यान्त्रीकरण गर्दै सुनकोशी

वि.सं.२०८१ जेठ १८ शुक्रवार २०:४२

काठमाडौं सुनकोशी गाउँपालिकाले कृषकहरुलाई ५०प्रतिशत अनुदानमा मिनी टेलर प्रदान गरेको...

एमाले सुनकाेशि गाउँपालिकाकाे प्रथम गाउँपालिका अधिवेशन सम्पन्न

एमाले सुनकाेशि गाउँपालिकाकाे प्रथम गाउँपालिका अधिवेशन सम्पन्न

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:२७

नेकपा (एमाले) सुनकोशी गाउँपालिकाको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ।अध्यक्षमा...

एमाले प्रवेश गर्ने युवाहरुकाे ठुलो लहर

एमाले प्रवेश गर्ने युवाहरुकाे ठुलो लहर

वि.सं.२०७८ असोज १६ शनिवार २१:४२

काठमाडौं ,नेकपा एमाले पुर्ववत अवस्थामा फर्कीएपछि पछिल्लो दुई सातायता अन्य...

एमाले प्रवेश गर्ने युवाहरुकाे ठुलो लहर

एमाले प्रवेश गर्ने युवाहरुकाे ठुलो लहर

वि.सं.२०७८ असोज १५ शुक्रवार १०:३३

काठमाडौं ,नेकपा एमाले पुर्ववत अवस्थामा फर्कीएपछि पछिल्लो दुई सातायता अन्य...