back

१४ हजारमै ट्याक्टर पाएपछि किसानहरू खुसीले गदगद कृषिमा यान्त्रीकरण गर्दै सुनकोशी

काठमाडौं सुनकोशी गाउँपालिकाले कृषकहरुलाई ५०प्रतिशत अनुदानमा मिनी टेलर प्रदान गरेको हो। गाउँपालिकामा माग भए बमाेजिम प्राप्त भएका सबै २१२ जनालाई मिनी टेलर प्रदान गरिएको छ। कुल लागत २८,४०० र कृषकहरुबाट ५० प्रतिशत साझेदारीमा १४,२०० रुपियाँ प्रदान गरेपछि मिनी टेलर प्राप्त गरेका हुन । गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा,प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, वडाध्यक्षहरु लगायतले मिनी टेलर प्रदान गर्नुभएको थियो ।कृषिमा किशानहरुलाइ यान्त्रीकरण सजिलो गर्दै सुनकोशी, १४ हजारमै ट्याक्टर पाएपछि किसानहरू खुसीले गदगद भएका छन।बजारमा न्यूनतम ४० देखि ५० हजार सम्म पाउने यस्ता मिनी टेलर गाउँपालिका सँगको सहकार्यमा १४ हजार २ सयमा नै पाउँदा आफूलाई खुसी लागेको सुनकोशीका कृषकहरुले बताएका छन।कृषिमा यान्त्रिकरण गर्दै कृषिमा सुधार ल्याउने उदेश्यले सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका कृषकहरुलाई मिनिटेलर हाते ट्याक्टर उपलब्ध गराएको छ ।
कुल २८ हजार ८ सय रुपियाँमा मिनि टेलर उपलब्ध गराएपछि गाउँपालिकाले त्यसको ५० प्रतिशत १४ हजार ४सय उपलब्ध गराएको र कृषकहरुले पनि ५० प्रतिशतको १४ हजार ४ सय रुपियाँ गाउँपालिकाको खातामा जम्मा गराएपछि कृषकहरुलाई मिनि टेलर उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले जानकारी दिए ।साथै पछि अाउने वर्षहरुमा पनि गाउँपालिकाले आवश्यकताको आधारमा सबैलाई मिनि टेलर उपलब्ध गराउने तथा त्यसको संरक्षण गरेर कृषिमा धेरै सुधार ल्याउने कुरा अध्यक्ष तिमिल्सिनाले आग्रह समेत गरनुभयो ।


बनेपा नगरपालिका
सुनकोशी गाउँपालिकको आ.व. ०८१/०८२ को बजेट ५५ करोड ५२ लाख ३२ हजार ६५०  :- कृषि क्षेत्रलाई प्राथमिकता

सुनकोशी गाउँपालिकको आ.व. ०८१/०८२ को बजेट ५५ करोड ५२ लाख ३२ हजार ६५० :- कृषि क्षेत्रलाई प्राथमिकता

वि.सं.२०८१ असार ३२ सोमवार ०८:३२

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२को बार्षिक नीति...

एमाले सुनकाेशि गाउँपालिकाकाे प्रथम गाउँपालिका अधिवेशन सम्पन्न

एमाले सुनकाेशि गाउँपालिकाकाे प्रथम गाउँपालिका अधिवेशन सम्पन्न

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:२७

नेकपा (एमाले) सुनकोशी गाउँपालिकाको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ।अध्यक्षमा...

एमाले प्रवेश गर्ने युवाहरुकाे ठुलो लहर

एमाले प्रवेश गर्ने युवाहरुकाे ठुलो लहर

वि.सं.२०७८ असोज १६ शनिवार २१:४२

काठमाडौं ,नेकपा एमाले पुर्ववत अवस्थामा फर्कीएपछि पछिल्लो दुई सातायता अन्य...

एमाले प्रवेश गर्ने युवाहरुकाे ठुलो लहर

एमाले प्रवेश गर्ने युवाहरुकाे ठुलो लहर

वि.सं.२०७८ असोज १५ शुक्रवार १०:३३

काठमाडौं ,नेकपा एमाले पुर्ववत अवस्थामा फर्कीएपछि पछिल्लो दुई सातायता अन्य...