back

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक कारले सबैको ध्यान खिचेको छ । भाइभ मोबिलिटीले ल्याएको माइक्रो ईभी ‘ईभा’ मूल्यका कारण चर्चामा आएको हो । सो नयाँ कारको सुरुवाती मूल्य ३ लाख २५ हजार भारु तोकिएको छ भने कम्पनीले यसको बुकिङ समेत खुला गरेको छ ।

भाईभ ईभीमा ९ किलोवाट आवर, १२.६ किलोवाट आवर र १८ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । ३ मिटर लामो उक्त कारको चौडाई १२०० एमएम, उचाई १५९० एमएम तथा ह्विलवेश २१०० एमएम र ग्राउन्ड क्लिरियन्स १७० एमएम छ ।

एउटामात्रै रियर–माउन्टेड इलेक्ट्रिक मोटर प्रयोग गरिएको यस कारले ४० एनएम टर्क जेनेरेट गर्ने जनाईएको छ । साथै यस ईभीको टप स्पिड ७० किलोमिटर प्रति घण्टा छ । साथै यसमा १३ इन्चको ह्विल जडान गरिएको छ । अगाडि एउटा ड्राइभर सिट भएको ३–सीटर यस ईभीमा २–स्पोक, फ्ल्याट–बटम स्टेयरिङ ह्वील र दुईवटा स्क्रिन राखएको छ । साथै, यसमा एक मिनी फ्रिज र एक वैकल्पिक सोलार प्यानल समेत उपलब्ध छ ।

कम्पनीका अनुसार १८ किलोवाट आवर भर्सनको रेन्ज २५० किमी रहेको छ भने ९ किलोवाट आवर र १२.६ किलोवाट आवर ब्याट्रीले क्रमशः १२५ किमी र १७५ किमीको रेन्ज प्रदान गर्दछ । सोलार रूफले समग्र रेन्जलाई १० किलोमिटरसम्म बम्प गर्न पर्याप्त ऊर्जा उत्पादन गर्न सक्छ । ब्याट्रीलाई डिसी फास्ट चार्जर प्रयोग गरेर १५ मिनेटमा १० देखी ७० प्रतिशतसम्म र १५ एम्पियरको घरेलु सकेट प्रयोग गरेर ५ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...

भ्रष्टाचार मुद्दामा खानलाई १४ वर्षको जेल सजाय

भ्रष्टाचार मुद्दामा खानलाई १४ वर्षको जेल सजाय

वि.सं.२०८१ माघ ५ शनिवार १९:०५

रावलपिन्डी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा...