धेरै बिदेसिनेको रेकर्ड बन्यो मंसिर महिना
काठमाडौं । मुलुकमा रोजगारी र व्यवसायको सुरक्षाको साथै आवश्यक आम्दानीको जोहो नभएपछि बिदेसिनेको संख्यामा रेकर्ड कायम भएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार ५ महिनाको अन्तरालमा ३ लाख २५ हजार ८ सय ९ जना नेपाली कामका लागि वैदेशिक रोजगारीमा गएका छन् । गत वर्षको पहिलो पाँच महिनामा भने २ लाख ७४ हजार ५ सय १७ जना मात्र वैदेशिक रोजगारीमा गएका थिए ।सामान्यतया महिनामा ६०–७० हजार जना मात्र बिदेसिने गरेको तथ्यांक रहेकामा मंसिरमा रेकर्ड कायम गर्दै एकै महिनामा ८४ हजार २२६ जना वैदेशिक रोजगारीमा गएका छन् । गत वर्षको मंसिरमा ६८ हजार २ सय १ जना वैदेशिक रोजगारीमा गएका थिए ।
वि.सं.२०८१ पुस १४ आइतवार ०९:१७