back

आठ सय प्रहरी अधिकृतको बढुवा निषेध

काठमाडौँ – सशस्त्र प्रहरी बलको प्रस्तावित ऐनको मस्यौदामा उल्लेख गरिएको प्रावधानले आठ सय अधिकृतको वृत्तिविकासमा ठुलो असर पर्ने देखिएको छ। सरकारले प्रस्ताव गरेको सशस्त्र प्रहरी ऐनको मस्यौदामा आइजिपीदेखि एसपीको पदावधिमा फेरबदल गर्दा यो अवस्था देखिएको हो।

मस्यौदामा एसपीको पदावधि नै उल्लेख नगर्दा १२ ब्याचका आठ सय अधिकृतको वृत्तिविकासमा असर पर्ने भएको हो। सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सम्मलाई बढुवामा यसको असर पर्नेछ।

सशस्त्र प्रहरी ऐनको विषयमा गृहमन्त्री रमेश लेखकसहितको सहभागितामा भएको छलफलबाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को पदावधि आठ वर्ष कायम गरी मस्यौदा गरिएको थियो। तर अहिले कानुन मन्त्रालय पुगेर गृहमा आएको विधेयकको मस्यौदामा एसपीको पदावधि नै हटाएको पाइएपछि चार सय डिएसपी र तीन सय ९० इन्सपेक्टरको वृत्तिविकासमा असर मात्रै पर्ने नदेखिएर बढुवा नै रोकिने अवस्था आएको एक प्रहरी अधिकृतले दाबी गरे। एसपीको पदावधि हटाएको विषयमा पीडित प्रहरी कर्मचारीले सुरुमा प्रहरी महानिरीक्षक राजु अर्याललाई भेटेर जानकारी गराउने भएका छन्।

‘हाम्रो करिअरमा ठुलो धक्का लाग्छ। यो विषयले सशस्त्र प्रहरीमै आउनेहरूले पनि प्रश्न उठाउँछन्। आफ्नो करिअरको सुनिश्चित भविष्य नै नभएको संगठनमा किन प्रवेश गर्ने भन्ने प्रश्न उठ्छ। साथै भइरहेकाहरूले पनि संगठनमा रहने कि नरहने भनेर सोच्नुपर्ने हुन्छ,’ ती अधिकृतले भने।

उनले यो विषयमा मुख्यालयले अन्याय गरेको नभई मन्त्रालय वा अन्य कुनै ठाउँबाट भएकाले संगठन प्रमुखबाटै सच्याउन आग्रह गरिने बताए। ‘चेन अफ कमान्डमार्फत हामीले सरकारलाई आफ्ना गुनासा राख्ने हो,’ उनले भने।

सशस्त्र प्रहरीले आइजिपीको पदावधि तीन, एआइजीको चार, डिआइजीको पाँच, एसएसपी ६ र एसपीको आठ वर्ष प्रस्ताव गरेको थियो। ‘सबै दर्जाको पदावधि उल्लेख छ तर एसपीको पदावधि मात्रै कसरी हटाइयो भन्नेमा प्रश्न उठेको छ,’ ती अधिकारीले भने।

तर संगठनको आवश्यकतालाई मन्त्रालयले आफूखुसी एआइजीको तीन र एसएसपीको आठ वर्ष बनायो भने एसपीको पदावधि नै हटाइदिएर बढुवा र वृत्ति विकासमा झन् समस्या हुने स्थित बनाइदिएको छ। आजको नागरिकन्युज दैनिकबाट


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...