बुढानीलकण्ठ नगरपालिकाको आ.व.२०८१/८२को नीति तथा कार्यक्रम सम्पन्न
काठमाडौं,बुढानीलकण्ठ नगरपालिकाको १४ औं अधिवेशनको दोस्रो बैठकबाट आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम सम्पन्न भएको हो बुढानीलकण्ठ नगरपालिको सभाहलमा बसेको बैठकबाट यस अघि जेठ २५ गते बसेको पहिलो बैठकमा पेश भएका नीति तथा कार्यक्रमा सोहि छलफल र सुझाव संकलन पश्चात नगरसभा अध्यक्ष, उपाध्यक्ष ,सचिव र नगर सभा सदस्यहरुले पारित गर्नुभएको थियो। नगर अधिवेशनको तालिका अनुसार आगामी असारमा बैठक बस्ने गरी आजको बैठक स्थगित गरिएको छ । फेरि आउदो बैठकमा छलफल सल्लाह र सुझाब संकलन गरि आर्थिक विधेयक पेश गरिने कुरा अध्यक्षले जानकारी दिनुभएको छ।
वि.सं.२०८१ असार ११ सोमवार ०८:५१