back

कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखिने:नगर प्रमुख बासुदेब थापा

सूर्यविनायक,सूर्यविनायक नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषि,पर्यटनलाई पहिलो र प्रमुख प्राथमिकतामा राखेको छ। नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
सूर्यविनायक नगरपालिकाले विस्थापित हुने क्रममा रहेका कृषि पेशाको संरक्षण, बिकास एवं बिस्तार गरी कृषिलाई व्यवसायीकरण गर्ने र उत्पादन धेरै बढाउने नीति लिएको हो ।यसका लागि कृषी भूमिको संरक्षण, माटो परिक्षण, बिउबिजन, मल, सिंचाई र यान्त्रिकीकरण  सहितका कार्यक्रम अगाडि सारिएको छ ।
सूर्यविनायक नगरपालिकाले वास्तविक किसानहरुको तथ्यांक संकलन गर्ने, परिचय पत्र उपलब्ध गराउने र कृषिमा अनुदान दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ भने कृषिजन्य कुरामा रोजगारी प्रवर्द्धन गर्ने कुरा पनि उल्लेख गरेको छ ।सूर्यविनायक नगरलाई  दुध, फलफुल,मासु र अन्डाको हवको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उलेख गरिएको छ ।पर्यटन प्रवर्धनमा निजी क्षेत्रसंग सहकार्य गर्ने नीति लिएको सूर्यविनायक नगरपालिकाले शिव सर्किटलाई थप व्यवस्थित गरी धार्मिक पर्यटकलाई नगरसँग जोड्ने नीति पनि लिएको हो । धार्मिक सास्कृतिक परिपथ्को बिकास र रैथाने उत्पादनमा आधारित होम्स्टे र ग्रामिण पर्यटन प्रवर्द्धन गरिनेछ ।नीति तथा कार्यक्रममा बताइएको छ ।
नगरपालिकाले बेरोजगारको तथ्यांक राखिने र स्थानीय रोजगारी सृजना गर्ने नीति लिंनुका साथै नगर प्रमुख स्वरोजगार अभियान चलाउने समेत सार्वजनिक गरेको छ । त्यसैगरी रोजगारी संग सहकारी कार्यक्रम अघि बढाउएको हो ।
नगरपालिकाले शिक्षामा पनि सिक्दै कमाउदैं नीति लिएको छ भने वडा नम्बर ७ मा इञ्जिनियरिङ्ग र नर्सिङ्ग कलेज संचालन गरिने कार्यक्रम अगाडि सारिरहेको छ ।नगरपालिकाको रफ्तार स्वास्थ्य, शिक्षा सेवामा बिस्तार भन्ने नाराका साथै नगर अस्पातललाई धेरै सुविधा सम्पन्न बनाउने नागरिकहरुको निशुल्क,बिमाका लागि कोष स्थापना गर्ने नागरिक संग मेयर स्वास्थ्य कार्यक्रमको थालनी गरि संचालन गरने र स्थानीयका घर आगन_आगनमा घुम्ती स्वास्थ्य शिविर पुर्याउने नीति तथा कार्यक्रम नगर प्रमुख बासुदेव थापाले जानकारी गराए ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...