back

इन्द्रावती गाउँपालिकाले गर्यो सुझाव संकलन आर्थिक बर्ष २०८१/८२को निति तथा कार्यक्रम

इन्द्रावती,आथिक बर्ष २०८१/८२को निति तथा कार्यक्रम माथि इन्द्रावती गाउँपालिकाले सुझाव संकलन गरेको हो ।कार्यक्रममा पूर्व गृहराज्य मन्त्री विष्णुविक्रम थापा, निवर्तमान गाउँपालिका अध्यक्ष बंशलाल तामाङ,पालिका भित्र क्रियाशिल राजनितिक दलका प्रतिनिधि,अन्य सरोकारवालाहरु,स्थानिय लगायतले सुझाव दिनुभएको थियो । गाउँपालिकाका अध्यक्ष झंक नेपालले पालिकाले तयार पारेको निति तथा कार्यक्रम बाचन गरेर सुनाएपछि त्यसैको आधारमा छलफल तथा सुझाव संकलनको सुरुवात थालिएको हो ।कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आएका सुझावलाई आत्मसात गर्दै समृद्ध इन्द्रावती बनाउने कुरामा सधैं लाग्ने प्रतिबद्धता दिनुभयो । गाउँपालिकाले शिक्षा,स्वास्थ्य,कृषि,पशुपालन र पुर्वाधारलाई मुख्य प्राथमिकता दिदै अगाडी बढेको नेपालले जानकारी गराएका थिए। लक्ष्य,योजना र दृढ संकल्पका साथ अगाडि बढिरहेको भन्दै कृषि र किसानलाई पालिकाले प्राथमिकता दिएको समेत बताउनुभयो । दुध,मासु,खाद्यान्नमा आत्मनिर्भर बनाउने गरि पालिकाले काम गरिरहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । पालिकाले बनाएका निति र कार्यबिधिलाई पुरा गर्नका लागी सबै राजनीतिक दलले प्रतिबद्धता जाहेर गरेको भन्दै सधैं समन्वय र सहकार्य गर्दै समृद्धिको पथमा सधै लम्किने अध्यक्ष नेपालले प्रतिबद्धता सहित जिकिर गरनुभयो।सुझावमा

ईन्द्रावती गाँउपालिमकामको मनसूनजन्य विपदको प्रतिकार्य योजना सम्बन्धमा पनि छलफल गरीएको थियो ।कार्यदलको प्रतिवेदन स्वीकृत सम्बन्धमा पनि छलफल भएको थियो। वाढी पहिरो तथा आगलागी वाट भएको क्षतिको रोकथाम तथा राहत सम्बन्धमा र सेवा,लाभग्राही कायम सम्बन्धमा पनि छलफल गरीएको हो ।
कार्यक्रममा उपाध्यक्ष सोभना तामाङ, प्रमुख प्रसासकीय अधिकृत पूर्ण प्रसाद दुलाल,कार्यक्रममा उपाध्यक्ष सोभना तामाङ, प्रमुख प्रसासकीय अधिकृत पूर्ण प्रसाद दुलाल, पुर्वाधार विकास समिति संयोजक शशिनाथ आचार्य, आर्थिक विकास समिति संयोजक तिलक बहादुर रोक्का, वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक रामहरी दनुवार, पर्यटन विकास समिति संयोजक डिल बहादुर श्रेष्ठ, सुशासन समिति संयोजक मिठु नेपाली, वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र घिमिरे, इन्द्रध्वज गण मेलम्चीका प्रमुख सेनानी मधु कुमार अधिकारी, सशस्त्र प्रहरी बल मेलमचीका प्रमुख बिर भद्र नाथ, ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख जय नेपाल थापा, क्रियाशिल संघसंस्थाका प्रतिनिधीहरु लगाएत राजनितिक दल तथा सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष बंशलाल तामाङले लक्ष्य अनुसार काम गर्नका लागी सुझाव दिनुभयो । उहाँले निति कार्यक्रम तथ्यपरक र बस्तुपरक हुनुपर्ने भन्दै संघ र प्रदेश सरकार संग मेलखाने गरि लक्ष्य निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । अघिल्लो कार्यकालमा गरेका सबै योजनाहरु अहिलेको सम्पत्ति भएकाले अहिलेको सरकारले त्यसको अपनत्व हुने गरि काम गर्दै मर्मत संभार र संरक्षण गर्ने दायित्व पालिकाको भएकाले आफ्नो दायित्व पुरा गर्न समेत आग्रह गर्नुभयो ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...