राजनीति

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा


१३ फाल्गुन २०७९, शनिबार, ,


काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) सामु राजीनामा बुझाएका छन्। आज दिउँसो बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसमक्ष राप्रपाका तर्फबाट बनेका ४ मन्त्रीले राजीनामा बुझाएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन्।

आजै बसेको राप्रपाको कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यस्तै राप्रपाले सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिने भएको छ। राप्रपाले प्रदेश सरकारबाट पनि बाहिरिने पार्टीको निर्णय छ ।

प्रकाशित : १३ फाल्गुन २०७९, शनिबार, ,