सिन्धुपाल्चोक कांग्रेसले सिफारिस गर्यो यी उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं १ को उम्मेदवारमा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत सर्वसम्मत सिफारिस भएका छन ।
पार्टीको क्षेत्रीय कार्यसमिति बैठकले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि बस्नेतलाई सर्वसम्मत सिफारिस गरेको हो । बैठकले प्रतिनिधिसभाको समानुपातिक तर्फबाट सिद्धिबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्यको नाम सिफारिस गरेको छ ।
सोही क्षेत्रको प्रदेश सभा ‘क’ मा भने प्रत्यक्षतर्फ भोला बोहोरा, विष्णुबहादुर खत्री, साङ्बो शेर्पा, गंगाबहादुर श्रेष्ठ, मनीषा खड्का भण्डारी, दोर्जे लामा, देविबहादुर बुढाथोकी, भीमप्रसाद पौडेल, वेदबहादुर श्रेष्ठ, कमल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फबाट भने हरिशरण श्रेष्ठ र लीलाकुमारी नेपालको नाम सिफारिस गरिएको छ ।
प्रतिनिधि सभा १ को प्रदेश ‘ख’ का लागि नौजनाको नाम सिफारिस गरेको छ । पार्टीले देवेन्द्र खड्का, राजेन्द्रकुमार श्रेष्ठ, जंगबहादुर लामा, केदार क्षेत्री, श्रवणकुमार जिसी, सगुन श्रेष्ठ, रुपकाजी लामा, रामकुमार तामाङ र शर्मिलाकुमारी खड्काको नाम सिफारिस गरेको छ ।
क्षेत्र न. १ को समानुपातिकतर्फ भने दुर्गाराज गिरी, रामकुमार थापा, उमेश प्रधान, रामबहादुर लामा, ङिमा जाङ्बो शेर्पा, चित्रकुमार मिजार, मञ्जु नेपाल भण्डारी र रोशनी श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:१०