काठमाडौं महानगरपालिका ६ वडामा जनताको व्यापक सहभागितामा घरदैलो कार्यक्रम
काठमाडौं । काठमाडौं महानगर पालिका ६ न. वडामा नेकपा एमाले ले निर्वाचन प्रचार प्रसारलाई तिब्रता दिएको छ।
काठमाडौं महानगर पालिका मेयरका उम्मेदवार केशव स्थापित र उप मेयर सुनिता डगोलको उपस्थितिमा व्यापक जनताको सहभागीता र कार्यकर्ताहरुको उपस्थितिमा घरदैलो कार्यक्रम भै रहेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ का केन्द्रिय सदस्य एवं नेकपा एमाले ६ वडा कमिटीका ईन्चार्ज रामहरि श्रेष्ठले जानकारी दिए।
कामनपा ६ नम्बर वडामा एमालेको तर्फबाट अध्यक्षमा वसन्त लामा सदस्यहरुमा हरिबोल बोगटी, राजकुमार लामा,सीता श्रेष्ठ र अन्जु सुनुवार उम्मेदवार छन। एमालेमा जनाधार बलियो बन्दै गएको र स्थानीय निर्वाचनमा बौद्ध ६ मा एमालेको जीत निश्चित रहेको घरदैलो अभियानमा रहनु भएका अध्यक्षका उम्मेदवार वसन्त लामाले बताए। बिकास र समृद्दिका लागि एमालेले उठाएको एजेन्डा बलियो रहेको भन्दै काठमाडौं महानगर पालिका ६ नम्बर वडामा एमालेका जनप्रतिनिधिगरुलाई भोट दिएर जिताउन समेत लामाले आग्रह गरेका छन।
स्थानीय जनताहरुको व्यापक सहभागिता सहित एमालेमा प्रेवेश गर्नेहरुको संख्या बढेको ६ नम्बर वडा कमिटी ईन्चार्ज श्रेष्ठले बताए। घरदैलो कार्यक्रममा जनताको सहभागिता र कार्यकर्ताहरुको उत्साहलाई हेर्दा बौद्द ६ मा एमालेका जनप्रतिनिधिहरुको जीत निश्चित प्राय रहेको श्रेष्ठको भनाई थियो। एमाले ६ नम्बर वडाले स्थानीय जनता र कार्यकर्ताहरुको व्यापक सहभागितामा प्रचार प्रसार र घरदैलो कार्यक्रम जारी राखेको छ।
वि.सं.२०७९ वैशाख २१ बुधवार १७:०४