सुनकोशी गाउँपालिकामा एमाले माओवादीको सयुक्त प्रतिबद्धता पत्र सार्वजनिक
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोशी गाउँ पालिकामा स्थानीय चुनावमा नेकपा एमाले र माओवादी केन्द्रबिच चुनावी गठबन्धन बनाएर चुनावी मैदानमा छन।
सुनकोशी गाउँपालिकामा दुवै पार्टीले सयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । एमालेबाट बिकास प्रेमी नेता टपिन्द्र तिमिल्सिना पालिका प्रमुखमा उठे सगै एमाले र माओवादी केन्द्रका नेताहरु दुई दलमा सहमति गरेर निर्वाचनमा जाने निर्णय गरेका थिए। संभवत सिन्धुपाल्चोक सुनकोशी गाउँ पालिका मात्रै एमाले र माओवादी केन्द्र बीच तालमेल भएर पालिका प्रमुखमा एमाले र उप प्रमुखमा माओवादी केन्द्र सग सगै चुनावी मैदानमा छन।
‘सुशासन र समृद्धि समाजवादको आधार, सुनकोशी गाउँपालिकामा वामपन्थीको सरकार’ भन्ने नारालाई आत्मसात गर्दै दुई पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता उल्लेख छ। दुई पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पहिलो सर्त नै जनप्रतिनिधि शासक नभएर जनसेवक हुने उल्लेख छ । यसको अनुभुति बोली र व्यवहार र कार्यशैलीबाट हुने प्रतिबद्धता पत्रमा भनिएको छ । दुबै पार्टी संयुक्त रुपमा संग संगै घरदैलो कार्यक्रममा छन।
वि.सं.२०७९ वैशाख २१ बुधवार १०:४३