back

प्रथम वडा अध्यक्ष’ सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि सरस्वतीनगर स्पोर्टस् क्लवलाई

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धले आयोजना गरेको ‘प्रथम वडा अध्यक्ष’ सेभेन ए साइड फुटसल प्रतियोगिता २०७९ को उपाधि सरस्वतीनगर स्पोर्टस् क्लब ‘ए’ ले हात पारेको छ। सोमबार सम्पन्न भएको फाईनल खेलमा सरस्वतीनगर स्पोर्टस् क्लब ‘ए’ ले ४–० गोल अन्तरले श्री टुसाल युवा क्लबलाई पराजित गरेको हो ।
जितसँगै सरस्वतीनगर स्पोर्टस् क्लब ‘ए’ ले नगद रु ५० हजार र ट्रफी हात पारेको छ भनें उपविजेता भएको श्री टुसाल युवा क्लबले नगद रु २५ हजार र ट्रफी हात पार्यो । यसैगरी सेमिफाइनलमा पुगेका सिमलटार युवा क्लव र पाटिटार अरुणिमा युवा समुहले नगद रु १०–१० हजार हात पारेका छन ।
प्रतियोगितामा १४ टीम सहभागी भएका थिए।
प्रतियोगिताको समापन गर्दै ६ नं. वडा अध्यक्ष दिपेन्द्र लामाले खेलको माध्यमबाट वडा भरीका युवाको भाइचाराको सम्बन्ध स्थापित गराउन र वडा बासीहरुमा राम्रो सम्बन्ध स्थापित गराउन खेलको आयोजना गरिएको बताए ।
छोटो समयको मिहिनेतमा सरस्वतीनगर स्पोर्ट्स क्लवले अध्यक्ष कपको उपाधी हासिल गर्न सफल भएकोमा क्लवलाई सहयोग पुर्याउने सरस्वतीनगर सुधार संघ , अनुसासीत रुपमा खेल प्रर्दशन गर्ने क्लवका खेलाडीहरुलाई टीमका कोच बिनोद पुडासैनीले धन्यवाद व्यक्त गरेका थिए।


बनेपा नगरपालिका
पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

वि.सं.२०८१ मंसिर १६ आइतवार १८:५८

१६ मंसिर काठमाडौ,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले नागरिकप्रतिको...