गठबन्धन दल भित्र एमसीसी सकस !सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। आन्तरिक गृह कार्य गरेर बैठक पुन : ८ गते बस्नेगरी सकिएको बालुवाटार स्रोतले जनाएको छ।
आज बिहान सवा दशबाट सुरु भएको बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेद्र कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल, जनता समाजवादीका अशोक राई लगायतका नेताहरु सहभागी रहेका थिए। बैठकमा प्रतिनिधि सभामा एमसीसी टेबुल गर्ने विषयमा सहमति जुट्न नसकेको हो।
गठबन्धनमा सहमति जुटने अवस्था नदेखिए पछि प्रधानमन्त्री देउवा एमालेको सहयोग लिन अध्यक्ष ओली निवास बाल्कोट पुगेका थिए।
वि.सं.२०७८ फागुन ६ शुक्रवार ११:३५