back

प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशन सम्पन्न आचार्यको अध्यक्षतामा निर्वीरोध कार्यसमिति चयन

सिन्धुपाल्चोक । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशन चौतारामा सम्पन्न भएको छ । पाँचौ जिल्ला अधिवेशनबाट विदुर आचार्यको अध्यक्षतामा निर्वीरोध कार्यसमिति चयन भएको छ । उपाध्यक्ष देवराज सुवेदी, सचिव सागर खडका,उपसचिव दिपीन ढुङगना,कोषाध्यक्ष गोमा खत्री निर्वीरोध निर्वाचीत भएका छन् । सदस्यहरुमा सुशिल सुवेदी,विशाल आचार्य,सुनिता लामा र मिङमार ग्याल्बो निर्वाचीत भएका छन् । निर्वाचीत सदस्यहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपाल, नेकपा एमाले जिल्ला अध्यक्ष कमल नेपाल,प्रेस चौतारीका बरिष्ठ उपाध्यक्ष माधव नेपाल,चौतारी सिन्धुपाल्चोकका संस्थापक डम्बर रसिक भारती,पुर्णप्रसाद श्रेष्ठ,प्रमोद न्यौपाने लगायतले शुभकामना दिएका थिए ।
अधिवेशनको अवसरमा जिल्लामा क्रियाशिल आठ जना पत्रकारहरु पुरस्कृत भएका थिए भने एक पत्रकार सम्मानित गरिएको थियो ।

चौतारीले स्थापना गरेको सिन्धु चौतारी राष्ट्रिय क्रियाशिल पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल पुरस्कृत भएका छन। १० हजार १ सय ११ रुपैयाँ राशीको यो पुरस्कारबाट पहिलो वर्ष दोलखाका पत्रकार राजेन्द्र मानन्धरलाई पुरस्कृत गरिएको थियो । त्यस्तै प्रेस चौतारी सम्मानबाट पत्रकार प्रमोद न्यौपाने सम्मानित भएका छन ।

सिन्धु चौतारी युवा क्रियाशिलता पत्रकारिता पुरस्कारबाट रोडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदी पुरस्कृत भएका थिए । उक्त पुरस्कारको राशी ५ हजार रहेको छ ।

चोकटीका समाजसेवी बद्री अधिकारीका चार दाजुभाईले आफ्ना बुबा कुलबहादुर अधिकारी र आमा प्रेमकुमारी अधिकारीको नामबाट स्थापना गरिएको प्रेस चौतारी कुलबहादुर प्रेमकुमारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकारहरु ध्रुव दंगाल,रामकृष्ण थापा,नेत्रप्रसाद पौडेल,शर्मीला ठकुरी,निरोज चौलागाई र सुन्दर शिरीष नगद ५ हजार सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रमको उदघाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपालले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै पोपलटब्युरो सदस्य नेपालले पत्रकारहरुले निष्पक्ष भएर आफ्नो कर्मममा लाग्न आग्रह गर्नुभएको थियो । पत्रकारहरुको हकहितका लागि आफ्नो तर्फबाट सधै साथ र सहयोग रहने नेपालले बताउनु भयो।
कार्यक्रममा एमाले सिन्धुपाल्चोकका नव निर्वाचित जिल्ला अध्यक्ष कमल नेपालले आफुहरु पत्रकारिता संघ,संगठनहरु सँग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।


थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

वि.सं.२०८१ माघ ११ शुक्रवार ०७:४९

काठमाडौं– महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस...

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

वि.सं.२०८१ माघ १० बिहीवार २१:२१

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको आज बिहान...

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

वि.सं.२०८१ माघ १० बिहीवार २१:१४

काठमाडौं । काठमाडौं महानगरपालिका–२७, असनमा बिहीबार लागेको आगलागीबाट ३५ लाख...

आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...