कांग्रेस जसरी पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा छ :प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस जसरी पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेको बताएका छन् ।
बिहीबार बालुवाटारमा नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को विमोचन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन।उनले एमसीसीका पक्षमा उभिन डराउन नपर्ने समेत बताए।
‘एमसीसी नेपालको हितमा छ, कार्यक्रममा बाल्दै प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने पक्षमा आफू रहेको तर संसदले पास या फेल जे गरेपनि स्वीकार गर्ने बताए ।
उनले भने, ‘एमसीसी संसदमा पास र फेल के हुन्छ थाहा छैन । यद्यपि नेपली काँग्रेस भने जसरी पनि पास गर्ने पक्षमा रहेको छ । एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ।’
कार्यक्रममा उनले एमसीसी पास गर्ने पक्षमा रहन पार्टी पङ्तिहरुलाई निर्देशनसमेत दिएका थिए ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १४:५७