भाइटिकाकाे उत्तम साइत आज ११:२मिनेटमा
कात्तिक २०,काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीहरुले आफ्ना दाजुभाइहरुलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवं ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिनमा मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइहरुले दिदीबहिनीहरुबाट टीका ग्रहण गर्दछन। आजको दिनलाई यमद्वितीयाका रुपमा पनि मान्ने गरिन्छ ।
दिदीबहिनीहरुले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइहरुले पनि दिदीबहिनीलाई टीका लगाउने गर्नेछन् । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् वा नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
वि.सं.२०७८ कात्तिक २० शनिवार ०७:५०