बाढीले मेलम्ची जाने राजमार्ग अबरुद्ध ।
काठमाडौं साउन २२ ।
लगातारको बाढीले पहिरो जाँदा मेलम्ची राजमार्ग अबरुद्द भएको छ ।
बिहान ६ः५० बजेको समयमा मेलम्ची नगरपालिका वडा नं.१३ मेलम्ची–जिरोकिलो सडकखण्ड स्थित फटकशिला ठाडो पहिरोमा ईन्द्रावती नदीले बाटो कटान गर्दा २० मिटर बाटो झरि मेलम्ची तर्फ जाने बाटो पुर्ण रुपमा अबरोध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सहजताको लागि बैकल्पिक बाटो खुलाउने प्रयास भईरहेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक टीकाराम राईले जानकारी दिएका छन।
सिपाघाट बाट पँधेर चौर हुँदै फटकेश्वर वैकल्पिक रूपमा बाटो चलाउने विषयमा नगरप्रमुख जनप्रतिनिधि इन्जिनियर लगायतको टोलीले सर्भे गरिसकेकोले केहि समयमा बाटो खुल्ने बताइएको छ ।
वि.सं.२०७८ साउन २२ शुक्रवार १६:१०