नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा फाईल तस्वीर
केदार बस्नेत,काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैँ छ। बैठक संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ।साढे ४ महिनापछि सुरु हुन आटेको संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी सांसदहरुले आज धारणा राखिसकेपछि मन्त्रीहरुले जवाफ दिनेछन् । मन्त्रीहरुले आफूले गरेका कामबारे सांसदहरुलाई संसदीय दलको बैठकमा जानकारी पनि गराउने छन् ।
संसदीय दलको बैठकमा यसअघि २० सांसदले बोलिसकेका छन् । साथै, अध्यादेशको अन्तरवस्तुबारे महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखकले सांसदहरुलाई जानकारी गराइसकेका छन् । कानुन सुधार सुझाव कार्यदलका तीन सदस्यले कानुनमा रहेका व्यवस्था र सुधार गर्नुपरेका कारणहरू पनि सुनाएका थिए ।
प्रतिक्रिया