back

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन प्रेस चौतारी नेपालको राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ ।
चौतारीको बुधवार बसेको दसौँ सचिवालयको बैठकले केन्द्रीय महाधिवेशनको मिति आगामी फागुन २३, २४ र २५ गतेको लागी कोसी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको छ ।
चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले सङ्गठनको दसौँ महाधिवेशन तयारीको लागी विभिन्न उपसमितिसमेत गठन गरेको छ ।
महाधिवेशन मूल आयोजक समितिको संयोजक अध्यक्ष बस्नेत आफै रहनुभएको छ भने राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन लेखनको जिम्मा उपाध्यक्ष द्वय गणेश पाण्डे र राजेश राई तथा महासचिव हिरामान लामा रहेको उपसमिति गठन गरेको छ ।
महाधिवेशनको प्रचार प्रसार उपसमिति संयोजक उपाध्यक्ष देवीका घर्ती मगरलाई तोकिएको छ । त्यस्तै स्थानीय व्यवस्थापनको जिम्मा कोसी प्रदेश इन्चार्ज तथा सचिव विक्रम लुइँटेललाई जिम्मेवारी ताकिएको छ ।
बैठकलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले चौतारीको नेतृत्व सर्वसम्मत चयन हुने बताए । उनले सङ्गठनले पत्रकार महासङ्घमा हासिल गरेको उपलब्धिलाई शक्तिमा बदल्दै बलियो सङ्गठन निर्माणमा लाग्न आग्रह गरे ।
त्यस्तै बैठकका प्रमुख अतिथि एवम् जनसङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले महाधिवेशन घोषण गर्ने चौतारी दोस्रो जनसङ्गठन रहेको बताए ।


बनेपा नगरपालिका
एमाले सचिवालय बैठकको यस्तो छ निर्णय

एमाले सचिवालय बैठकको यस्तो छ निर्णय

वि.सं.२०८१ पुस १८ बिहीवार १६:२१

नेकपा एमालेले आसन्न केन्द्रीय कमिटीका लागि तयार राजनीतिक प्रतिवेदन सचिवालयबाट...

नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी

नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी

वि.सं.२०८१ पुस १७ बुधवार ०७:५१

काठमाडौं- सस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशको पर्यटन क्षेत्रको...

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते हुने

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते हुने

वि.सं.२०८१ पुस १५ सोमवार १२:०८

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले ७औँ साधारण सभा तथा...

धेरै बिदेसिनेको रेकर्ड बन्यो मंसिर महिना

धेरै बिदेसिनेको रेकर्ड बन्यो मंसिर महिना

वि.सं.२०८१ पुस १४ आइतवार ०९:१७

काठमाडौं । मुलुकमा रोजगारी र व्यवसायको सुरक्षाको साथै आवश्यक आम्दानीको...

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

वि.सं.२०८१ पुस १४ आइतवार ०८:५६

काठमाडौँ । पुसको कठ्याङ्ग्रिने जाडोमा ११ वर्षीय निखिललाई कलङ्कीबाट रात्रिबस...

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो गर्दै

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो गर्दै

वि.सं.२०८१ पुस १२ शुक्रवार १९:१७

महोत्तरी– तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित...