back

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

काठमाडौं ।नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. बिच भएको सम्झौता अनुसार प्रत्येक शनिबार काठमाडौंको दरबार मार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रि वितरण गर्न आयोजना गरिएको हाट बजारमा नेपाल डेरी एसोसिएशनको सहयोगमा प्रत्यक्ष ठेकीमा मोही तुल्याई निःशुल्क महि खुवाउने कार्यक्रममा पूर्व उर्जा मन्त्री एवं संघीय सांसद माननीय गोकर्ण बिष्टले आफैं प्रत्येक्ष मोही तुलाउँदै आफ्नो पुरानो अनुभव शेयर गर्नु भएको र ५० वर्षपछि यसरी प्रत्येक मोही तुल्याउन पाउँदा अत्यन्तै खुशी लागेको कुरा माननीय बिष्टले बताउनु भएको जानकारी नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराउनु भयो ।                 सोही कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे र मधेस प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी निर्देशका शंकर शाहाले पनि आफैं मोही तुल्याई अनुभव लिनु भएको थियो । हरेक शनिवार बिहान ६ बजेबाट १२ बजेसम्म कार्यक्रम हुने र उपस्थित सवैलाई निशुल्क मोही सेवन गराउने कार्य नेपाल डेरी एसोसिएसनले गर्ने गरेको र आफू धनगढीबाट काठमाडौं आएको बेला समय मिलाई यो कार्यक्रममा उपस्थित भएको कुरा एसोसिएसनका सल्लाहकार भुपेन्द्र थापाले बताउनु भयो । कार्यक्रम अत्यन्तै आकर्षक र सबैको नजरमा पर्ने गरेको कुरा उपस्थित दर्शकले बताए । यस्तो किसिमको कार्यक्रमले हाम्रो पुराना मौलिक परम्परा जोगाउन सहयोग पुग्नुको साथे सबैले बुझ्न र सिक्न पाउने अवसर हुने गर्छ । दुई तीन वर्ष अगाडिबाट यो मोही सेवन अभियान शुरु गरेका नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल अहिले सबैको धन्यवादको पात्र बनेका छन् ।

 


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...