कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै,यस्ता छन् एजेन्डा
काठमाडाैँ । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकका आज बस्ने भएको छ।पार्टी कार्यालय सानेपामा बस्ने कार्यसम्पादन समिति बैठकका लागि बुधबार बालुवाटारमा सभापति शेरबहादुर देउवासँग छलफल गर्दै पार्टी पदाधिकारीले एजेण्डालाई अन्तिम रुप दिएका थिए।
म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे बैठकले आवश्यक निर्णय गर्ने कांग्रेस प्रवक्ता डा प्रकाश शरण महत्तले जानकारी दिए ।
त्यस्तै स्थानीय तहको निर्वाचन र बाँकी रहेका जिल्लाको अधिवेशनका बारेमा सभापतिसँग छलफल भएको र बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए । उनले स्थानीय तहको निर्वाचन आउन तीन महिना बाँकी रहेको अवस्थामा पार्टीलाई मजबुद बनाउनका लागि आवश्यक रणनीति तय गर्ने जानकारी दिए ।
कांग्रेसमा १३ वटा भ्रातृ तथा १८ वटा शुभेच्छुक संस्था छन् । तर, समयमा अधिवेशन नगरेका कारण तीमध्ये अधिकांश संस्था निष्क्रिय बनेका छन् । त्यस्तै विभिन्न कारणले कांग्रेसको १६ जिल्लामा अधिवेशन हुन सकेको छैन ।
वि.सं.२०७८ माघ २७ बिहीवार ०९:५५