back

महाधिवेशनमा निर्वाचन जितेर आउन बादल समूहलाई ओलीको सुझाव

मङ्सिर ७,काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र त्यागेर एमालेमा आएका नेता रामबहादुर थापा ‘बादल’ समूहलाई पार्टीको महाधिवेशनबाट निर्वाचन जितेर आउन सुझाव दिएका छन् ।

मंगलबार काठमाडौंस्थित सम्पादकहरुसँगको अन्तक्र्रिया कार्यक्रममा महाधिवेशनका सन्दर्भमा संचारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् ।

ओलीले यस्तो सुझाव दिइरहँदा बादल भने बायाँपट्टि कुर्सीमा मन्द अनुहारमा थिए । ‘एमाले यो पक्ष, यो पक्षको व्यवस्थापन गर्ने पार्टी होइन’ उनले भने, ‘एक ढिक्का भएर अगाडि बढ्ने पार्टी भएकाले सबैले महाधिवेशनबाट निर्वाचन जितेर आउनुको विकल्प छैन ।’

जसले महाधिवशनबाट जसले जुन पदमा निर्वाचन जितेर आउँछन् उसको व्यवस्थापन त्यही हुने उनको भनाइ छ ।

एमालेभित्र बादल समूहका प्रभु साहसहित नेताहरु अध्यक्ष ओलीले माकेबाट आएका नेताहरुलाई हेपाह व्यवहार गरेको र एकताको भावबाट पार्टी संगठनमा स्थान नदिए विद्रोह गर्ने बताउँदै आइरहेका बेला ओलीले यस्तो सुझाव दिएका हुन् ।


बनेपा नगरपालिका
नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ७ आइतवार १८:०३

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...