back

कांग्रेस नेता इन्द्र बानियाँ सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ सर्वाधित मत ल्याएर पार्टीको १४औं महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
उनी मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा सबैभन्दा धेरै मत ल्याएर विजयी भएका हुन् । योसँगै बानियाँ महाधिवेशनमा केन्द्रीय समितिमा उम्मेद्वार बन्ने बाटो खुलेको छ ।
सोमबार भएको मतदानको आज बिहान आएको मत परिणाम अनुसार नेता बानियाँ मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुलातर्फ खसेको कुल ७४८ मतमध्ये ६७६ मत प्राप्त गरेका छन् ।
यसैगरी प्रत्यक्ष खुल्लातर्फबाटै आनन्दराम पराजुली (६११), अमृतकुमार लामा (५७७), विष्णु कुमार लामिछाने (४९३), दिनेश उपाध्याय (४८६), रघुरमण न्यौपाने (४८४), प्रभात कुमार दाहाल (४५५), माइक रामचन्द्र अर्याल (४५५), राम बाबु बानियाँ (४४१) र ताराचन्द्र बजगाईँ (४०५) निर्वाचित भएका छन् ।
यसैगरी खुल्ला महिला तर्फ उर्मिला पुलामी (५९७), प्रवित्रा बिक (५८३), अञ्जना उपाध्याय (४८७) र मिरा बन्जारा (४७२) निर्वाचित भएका छन् ।


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...