back

सिन्धुपाल्चोक- काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदानप्रदान एवं बृहत कार्यकर्ता भेला सम्पन्न

काठमाडौं कार्तिक १३। नेकपा एमाले सिन्धुपाल्चोक – काठमाडौं सम्पर्क मञ्चको आयोजनामा शुभकामना आदानप्रदान तथा बृहत कार्यकर्ता भेला आज सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहेका थिए।तथा भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशैभर जनलहर बढेको बताए।शनिबार सम्पन्न मञ्चको कार्यक्रम मा आफ्ना थुप्रै धारणाहरु राखेका थिए।कार्यक्रममा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ” प्रचण्ड “, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र सभामुख अग्नी सापकोटा बिरुद्ध खरो रुपमा कटाक्ष गरेका थिए। नेकपा एमाले देश बनाउने अभियानमा रहेकाले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई एमालेको दशौ अधिवेशनको अवसरमा गाउँ गाउँ सम्म संदेश पुर्याउन आग्रह गरे। नेकपा एमालेलाई बिगार्न मुल पार्टीबाट चोइटिएर गएका माधव नेपालको देश दौडाहाको कुनै अर्थ नरहने अध्यक्ष ओलेले बताए। नेपाली कांग्रेस प्रती लक्षित गर्दै कांग्रेसले आफ्नो पार्टी बैधानिक बनाउन नसक्ने अवस्थामा पुर्याएको बताए। कांग्रेस पार्टी महाधिवेशन नै गर्न नसक्ने हालतमा पुगेको आरोप लगाए। एमालेले मंसिर १०,११ र १२ गते भब्य रुपमा केन्द्रिय महाधिवेशन सम्पन्न गरेर दुनियाँलाई चकित तुल्याउने बताए। देशीविदेशी प्रतिक्रियावादीहरुले एमाले फुटाएर ध्वस्त पारियो भनठानेका छन।तर यो अवधिमा एमाले सरकारबाट बाहिरिएर ताजा ढंगले संगठन निर्माण गर्न समय प्राप्त गरेको बताए। आगामी दिनमा एमाले ठुलो दलका साथ अत्याधिक बहुमतले सरकारमा पुग्ने र जनताका ईच्छा र आकांक्षा बमोजिमका कामहरु सम्पन्न गरेर देखाउने बताए। सम्पर्क मञ्चको कार्यक्रममा सिन्धुपाल्चोकका साम्सद एवं पार्टी सचीव शेर बहादुर तामाङ लगायत सबै नेताकाे उपस्थिति रहेकाे थियाे,उक्त कार्यक्रम लाई सम्बोधन गर्दै  सिन्धु काठमाडौं सम्पर्क मंचका अध्यक्ष राजन आचार्यले सिन्धुपाल्चोकमा एमाले एक ढिक्का रहेको ,पार्टी फुटको असर नपरेको र आगामी चुनावमा एमालेले बहुमत सहित वडा पालिका र देशकै नेतृत्व गर्ने बताउनु भयो, एमाले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा अध्यक्ष केपि ओलिको नेतृत्वमा अगाडि बढेको र उक्त कुरा देशीविदेशी प्रतिक्रियावादिलाइ नपचेको कारण एमाले फुटाउन खोजेको तर एमाले फुट्न नसकेको र केही सानो हिस्स एमाले छाडेर गएको बताउनु भएको छ ,साेहि कार्यक्रममा एमाले पाटि जिल्ला अध्यक्ष झम्क नेपालले सिन्धुपाल्चोकमा एमाले पाटि कुनै गुटबन्दीमा नरहेको बताएका थिए र अाम पार्टी कार्यकर्तालाइ अलमलमा नपरी पार्टी काममा लाग्न निर्देशन समेत दिनु भएको थियो ।।कार्यक्रम सम्पर्क मञ्चका अध्यक्ष राजन आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सिन्धुपाल्चोक बाट काठमाडौंमा आई विभिन्न पेशा ब्यवसायमा आवद्ध नेता तथा कार्यकर्ताहरुको बृहत उपस्थिति रहेको थियो।


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...