back

एकिकृत समाजवादीकाे एउटै जिल्ला कमिटिमा दशजना उपसचिव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को एउटै जिल्ला कमिटीमा १० जनासम्म उपसचिव राखिएको पाइएको छ ।
एमालेबाट फुटेर माधवकुमार नेपालको अध्यक्षतामा बनेको नेकपा (एस)ले रामेछापमा मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतको नेतृत्वमा १३१ सदस्यीय जिल्ला समिति बनाइएको छ । सदरमुकाम मन्थलीमा हालै सम्पन्न भेलाले १४ सदस्यीय सचिवालय पनि गठन गरेको छ ।
जसमा १० जना उपसचिव राखिएका छन् । ३० जनाको सचिवालय बनाइएको छ । जिल्लामा एमालेका मुख्य नेताहरुले एकीकृत समाजवादी नरोजेपछि बस्नेतको नेतृत्वमा नयाँ अनुहारलाई राखिएको छ । अध्यक्ष बस्नेत शाहीकालमा जिल्ला सभापति बनेका नेता हुन् ।
शाहीकालमा श्रममन्त्री बनेका जिल्लाका कमल चौलागाईसँगै एमालेमा प्रवेश गरेर बस्नेत २०७४ स्थानीय चुनावमा एमालेबाट नगर प्रमुखमा निर्वाचित भएका हुन् ।
स्थानीय जनप्रतिनिधिहरुमध्ये झण्डै प्रतिशत जतिमात्र एकीकृत समाजवादीमा लागेका छन् । जिल्लामा एमालेका पुराना नेता देवशंकर पौडेलले जिल्ला समितिलाई बल दिइरहेका छन् ।
पदाधिकारीहरुमा रमेश बस्नेत अध्यक्ष, उपाध्यक्षद्धय धनलाल योञ्जन र राम बहादुर बुढाथोकी, सचिवमा लालसिंह घिसिङ, उपसचिाहरुमा किरण मोक्तान, गणेशबाबु खड्का, तिर्थलाल श्रेष्ठ, तिलक कार्की, दिपक बुढाथोकी, विकास कार्की, सञ्जिता खड्का, सरिता खाती, विनोद श्रेष्ठ र संगम खड्का रहेका छन् ।
पद पुर्याउने क्रममा धेरै जनालाई उपसचिव बनाइएको समितिका एक सदस्यले बताए ।


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...