back

गायक बिजय महर्जनको ‘मेरी सपनी कि रानी’ सार्बजनिक न्युज अफ नेपाल

गायक विजय महर्जनको ‘मेरी सपनी कि रानी’ गीत सार्बजनिक भएको छ । विश्वज्योति हलमा आयोजित कार्यक्रममा गायीका लोचन भट्टराईले सार्बजनिक गर्नुभएको हो । सो गितको रचनाकार महर्जन स्वयं हुनुहन्छ । गितको संगितकार दीपक रमण हुनुहन्छ । भने निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जन हुनुहुन्छ । गितको प्रस्तुती सानु महर्जन,  गितको एरेन्जर सञ्जय हमाल हुनुहुन्छ । गितमा गायक महर्जन र मोडलहरु अर्जुन शाक्य र सृतिका श्रेष्ठ हुनुहुन्छ । गितलाई ओएसआर डिजिटलले सार्बजनिक गरेको हो ।
गितको परियोजना म्यानेजर वीरेन्द्र थापा, सिनेमेटो ग्राफर सोहन मानन्धर, एसिस्टेन्ट प्रोजेक्ट म्यानेजर नरेश सुनाम, ऐसिस्टेन्ट मेनेजर देवराज न्यौपाने, एसिस्टेन्ट डाइरेक्टर सृष्टी महर्जन, मिडिया डिजाइन ज्योति म्युजिक रहेको छ ।

गित सार्बजनिक गर्दै गायीका भट्टराईले युवा जमातले मनपराउने खालको गित भएको टिप्पणी गर्नुभयो । भन्नुभयो–गितले सबैको मन जित्न सक्नेछ । गितमा रोमान्टीट डान्स राखिएको छ । जुन डान्सले दर्शकको मन छुनेछ  भने गितको शब्दले स्रोताको मन चुम्नेछ ।
निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनले गायक महर्जनको स्वरमा तयार भएको गितले युवा जमातको मन तान्न सफल हुने बताउनुभयो । भन्नुभयो–मलाई यो गितको निर्देशन गर्न आनन्द आएको छ । गितले सबैका मन जित्ने अपेक्षा गरेको छु ।
बढीजसो नेवारी गित गाएका महर्जनको मेरी सपना कि रानी गितले थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । ललितपुर महानगरपालिका–१८ का अध्यक्ष दामोदर खड्काले आफ्नो वडाका महर्जनको प्रतिभालाई तारिफ गर्दै अबको दिनमा वडा कार्यालयको सहयोग रहने बताउनुभयो । उहाँले  स्थानीय थानागाउमा अगर धिमेबाजा पुचःमा नेपाल भाषाका गित र संगितलाई संरक्षण गर्न जुटेका महर्जनको नयाँ गितले थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
लामो समयदेखि गित र संगितमा लागेका महर्जनले विभिन्न सांगेतिक कार्यक्रममा गित प्रस्तुत गर्नुभएको छ । उहाँले नेपाल भाषा र हिन्दी भाषाको गित गाउने, मादल, धिमेबाजा र ड्रमसेट बजाउन पोख्त हुनुहन्छ ।
उहाँ हाल सञ्चालन भैरहेकोे नेवाः आइडियलको उत्कृष्ठ १० मा पर्न सफल हुनुभएको छ । उहाको फाइनल यात्रा जारी रहेको छ ।


आज ईन्द्रजात्रा मनाईंदै,काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

आज ईन्द्रजात्रा मनाईंदै,काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

वि.सं.२०८० असोज ११ बिहीवार ११:१०

काठमाडौ।असाेज११,वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत...

मधेस प्रदेशमा मौलिक लोकबाजा प्रशिक्षण

मधेस प्रदेशमा मौलिक लोकबाजा प्रशिक्षण

वि.सं.२०७८ माघ २६ बुधवार २०:४३

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेस प्रदेश...

वस्नेतको ‘आँसु पिउदै’ सार्बजनिक

वस्नेतको ‘आँसु पिउदै’ सार्बजनिक

वि.सं.२०७८ माघ १८ मंगलवार १५:१२

काठमाडौं १८ माघ । अञ्जु पन्त र शीव परियारको स्वरमा...

‘बलेको आगो’आयो

‘बलेको आगो’आयो

वि.सं.२०७८ माघ १७ सोमवार १७:०७

काठमाडौं । गायक राजकुमार सिंहले ‘बलेको आगो’ बोलको आफ्नो नयाँ...

अमेरिकामा बन्यो नेपाली सर्ट फिल्म शंका सुमनले अमेरिकाबाटै बनाए सर्ट फिल्म शंका लेक्सिनटन,

अमेरिकामा बन्यो नेपाली सर्ट फिल्म शंका सुमनले अमेरिकाबाटै बनाए सर्ट फिल्म शंका लेक्सिनटन,

वि.सं.२०७८ माघ १५ शनिवार २०:५०

माघ१५ लेक्सिनटन,अमेरिका,पछिल्लो समय अमेरिकामा रहेका नेपाली सिनेकर्मीहरु पनि सक्रिय हुँदै...

समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को अडिसन हुँदै ‘

समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को अडिसन हुँदै ‘

वि.सं.२०७८ माघ ६ बिहीवार १३:१९

काठमाण्डौ, माघ ६  :जाडो महिना सकिने क्रम र गर्मी शुरु...