back

रबि लामिछाने र पत्नि निकिताको तीन वर्षको खाता विवरण माग

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको बैंक खाता विवरण पठाइदिन राष्ट्र बैंकसँग आग्रह गरेको छ। अनुसन्धानका क्रममा आवश्यक परेको भन्दै उनीहरूको तीन वर्षको खाता विवरण पठाइदिन आग्रह गरिएको हो।

कास्की प्रहरीका अतिरिक्त केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अधिकारीहरूसमेत संलग्न रहेकाले बैंक खाताको विवरण माग गरिएको बताइएको छ। ‘अनुसन्धानका क्रममा बैंक खाता विवरण आवश्यक परेकाले राष्ट्र बैंकमार्फत माग गरिएको छ,’ सिआइबीका एक उच्च अधिकारीले भने, ‘रविजी आफैंले पनि चुनावका बेला कतिपय रकम आएको स्वीकार गर्नुभएको छ।’

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र वीरगन्जको सानो पाइला सहकारीको रकम हिनामिना भएको सन्दर्भमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ।

आइतबार मात्रै कास्की जिल्ला अदालतले अनुसन्धानका लागि १५ दिनको म्याद थप गरिसकेको छ। सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति एवं पूर्वउपप्रधानमन्त्री लामिछानेलगायतको सम्पत्ति बेचबिखन र स्वामित्व हस्तान्तरणमा रोक लगाउन यसअघि सरोकारवाला सबै निकायलाई पत्राचार गरिसकिएको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलगायतलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको कास्की प्रहरीले उनीहरूको सबै सम्पत्ति रोक्का राख्न सम्बद्ध निकायहरूलाई पत्राचार गरेको हो।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको बैंक खाता मागेको र सम्पत्ति रोक्का गर्न पत्राचार गरेको विषयलाई प्रहरीले बाहिर ल्याउन चाहेको छैन। यस विषयमा जिज्ञासा राख्दा कास्की जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले अनुसन्धान भइरहेको विषयमा बताउन नमिल्ने बताए।सहकारी ठगीका मुख्य आरोपी राई भने फरार छन्। सूर्यदर्शन सहकारीपीडितले पूरक अनुसन्धान गरिपाऊँ भन्दै २०८० माघ २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए। १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकोमा सहकारीका तत्कालीन सञ्चालक शिवबहादुर गुरुङ, भवीश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पुर्पक्ष थुनामा छन्। उनीहरूको पनि सम्पत्ति रोक्का गरिएको छ। प्रतिवादी बनाइएका राईसहित उनका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत फरार छन्। आजको नागरिक दैनिकबाट


पछिल्ला अध्यादेशले लगानी र व्यवसायको वातावरण अभिवृद्धि भयो : उद्योगी व्यवसायी

पछिल्ला अध्यादेशले लगानी र व्यवसायको वातावरण अभिवृद्धि भयो : उद्योगी व्यवसायी

वि.सं.२०८१ माघ २ बुधवार २१:३६

काठमाडौं,- सरकारले पछिल्लो पटक जारी गरेका अध्यादेशले देशमा लगानी र...

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता

वि.सं.२०८१ मंसिर १८ मंगलवार ०८:३५

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र...

स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु

स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु

वि.सं.२०८१ मंसिर १६ आइतवार ०९:१०

काठमाडौं । स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु...

घुमेर आऊँ भनेर चीन जान लागेको होइनः प्रधानमन्त्री

घुमेर आऊँ भनेर चीन जान लागेको होइनः प्रधानमन्त्री

वि.सं.२०८१ मंसिर ७ शुक्रवार १९:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण...

दुर्गा प्रसाईं पक्राउ प्रकरण : के छ सजायको व्यवस्था

दुर्गा प्रसाईं पक्राउ प्रकरण : के छ सजायको व्यवस्था

वि.सं.२०८१ मंसिर ५ बुधवार ०९:०७

काठमाडौँ । किर्ते कागजात प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि...

सुनको मु्ल्य एकैदिन तोलामा चार हजार रुपैयाँले घट्यो

सुनको मु्ल्य एकैदिन तोलामा चार हजार रुपैयाँले घट्यो

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १८:४०

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज...