back

कागेश्वरी मनोहरा–१ मा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा वृक्षरोपण

काठमाडौं ।३ राजेन्द्रप्रसाद दगाल, कागेश्वरी मनोहरा–१ मा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले वृक्षरोपण कार्यक्रम गरेको छ ।
संगठनले शनिबार कागेश्वरी धाम र वर पिपल उद्यानमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले वर पिपल बृहत बृक्षारोपण कार्यक्रममा गरेको हो ।

संगठनले बर, अमला, अम्बा, जकरण्डा, धूपी, कपूर, समीलगायत विरुवा रोपेको छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य कृष्ण राईले बर पिपल रोपण कार्यमा सहभागी गराएकोमा संगठनलाई धन्यवाद दिँदै विश्वव्यापी जलवायु परिवर्तन न्यूनीकरणमा वृक्षरोपणले सहयोग पुर्याउने बताए । कागेश्वरी मनोहरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने उनले बताए ।

त्यसैगरी नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री रामेश्वर फुयालले सुनौला कागको शालिक रहेको बताउँदै पर्यटकीय पूर्वाधारका लागि आवश्यक होटल पनि रहेको बताए । कागेश्वरीमा काग बनाउने परियोजनाकार नै फुयाल हुन् । देशमा भ्रष्टाचारले जरो गाडेको बताउँदै भ्रष्टाचार निराकरणका लागि उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने उनको भनाइ छ ।

देश विकासका लागि भूतपूर्व सैनिकको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले सबैलाई नेकपा एमालेको झण्डामुनि गोलबद्ध भइदिन आग्रह गरे । पढाइलाई प्राथमिकता दिन अनुरोध गर्दै प्राविधिक शिक्षा लिन उनको अनुरोध छ ।

संगठनका उपाध्यक्ष रवीन्द्र पण्डितले भूतपूर्व सैनिक तथा प्रहरी समाज सुधारका लागि नेकपा एमालेको झण्डामुनि आवद्ध भएको बताए । वृक्षरोपण मानव जीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै कागेश्वरी क्षेत्रमा मात्रै नभई संगठनले अन्य क्षेत्रमा पनि वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिने बताए ।

वडासदस्य प्रेमकुमार लामाले बोलेरभन्दा पनि काम गरेर देखाउने बताए । आफूहरुले जनताको भावनाअनुरुप नै काम गरिरहेको उनले बताए । कार्यक्रममा मणिराम फुयाल र रामचन्द्र ढुंगानालगायत नेताको उपस्थिति रहेको थियो ।


बनेपा नगरपालिका
नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

वि.सं.२०८१ असोज २० आइतवार २०:४५

काठमाडौँ । नेपाल एसबीआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी

कन्टेनरहरु दशैं अगाबै ल्याउन आवागमन सहज जरुरी

वि.सं.२०८१ असोज १५ मंगलवार २१:२२

सिन्धुपाल्चोक असोज १५,निकट रहेको दशैंमा बजार मूल्य प्रभावित हुन नदिन...

बाढी पीडितको उद्धारमा आफै खटिए बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा

बाढी पीडितको उद्धारमा आफै खटिए बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा

वि.सं.२०८१ असोज १४ सोमवार २२:१७

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा उद्धारमा आफै खटिनु...

धादिङको झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी सुचारु

धादिङको झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी सुचारु

वि.सं.२०८१ असोज १४ सोमवार ०७:५७

काठमाडौं – धादिङको झ्याप्ले खोलामा अवरुद्ध भएको सडक सुचारु भएको...

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

वि.सं.२०८१ असोज १३ आइतवार १७:२०

धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म...

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने

वि.सं.२०८१ असोज ८ मंगलवार २१:३९

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट...