पत्रकार बिमल नेपालको पुस्तक ‘पीपला’ सार्वजनिक
काठमाडौं असार २। लेखक विमल नेपालले ‘पीपला’ उपन्यास सार्वजनिक गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा पुस्तक सार्वजनिक भएको हो ।
पुस्तक सार्वजनिक समारोहमा लेखक नयनराज पाण्डे, पत्रकार तथा समीक्षक राजकुमार बानियाँ र प्राध्यापक समीक्षक ज्ञानु अधिकारीले बोलेका थिए। कार्यक्रममा बोल्दै लेखक पाण्डेले नेपालको उपन्यास युद्ध साहित्यको एक महत्त्वपूर्ण ग्रन्थ हुनसक्ने बताए ।
इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक २८ अध्यायसहित २२९ पेजको छ । लेखक नेपालले आफ्नो पुस्तक धेरै राम्रो नभए अनि झुर भने नभएको भन्दै सबैलाई पढेर प्रतिक्रिया दिन आग्रह गरे । पत्रकारिता गर्दागर्दै बेलाबेला हुने फुर्सदमा पुस्तक तयारी भएको नेपालले बताए ।
वि.सं.२०८० असार २ शनिवार २१:२९