back

कांग्रेस १४ औं महाधिवेशन कांग्रेस सभापतिमा देउवा विजयी

काठमाडौँ २९ मंसिर । कांग्रेसको १४ औं सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् ।
राति अबेर प्राप्त मत परिणाम अनुसार कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवाले पाए । कोइरालाले १८५५ पाए । ३५ मत बदर भयो ।

शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो ।
यसपटक सभापतिका लागि शेर बहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पाँचमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाकबीच मंगलबार दोस्रो चरणको मतदान भएको थियो ।

१३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाटै नतिजा आफ्नो पक्षमा पारेका देउवाले यसपटक दोस्रो चरणको मतदानबाटै नेतृत्व आफ्नो पक्षमा पारेका हुन् ।

पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका थिए । पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।

महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका थिए ।


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...