१सय १५जना विद्यार्थीले लगाए काेराना विरुद्धको खाेप
चौतारा, भाद्र ११ ।
चौतारा बहुमुखी क्याम्पस र श्री कृष्ण रत्नगंगा माध्यामिक विद्यालयका १ सय १५ जना विद्यार्थीले कोरोना विरुद्धको खोप लगाएका छन् ।
चौतारा बहुमुखी क्याम्पसमा अध्ययनरत सबै र श्री कृष्ण रत्नगंगा माध्यामिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत र १२ को परीक्षा दिने १८ वर्ष पूरा भएका र खोप लगाउन इच्छुक छात्र छात्राहरूलाई चौतारा साँगाचोकगढी नगरपालिका वडा न. ५ को समन्वयमा कोभिड १९ विरुद्धको खोप लगाइएको हो ।
बुधवार र बिहीबार सञ्चालन भएको कोरोना खोप अभियानमा ८२ जना छात्रा र ३३ जना छात्राले कोभिड १९ विरुद्धको एस्ट्राजेनिका खोप लगाएका आधारभूत स्वास्थ्य केन्द्र चौताराले जानकारी दिएको छ ।
मङ्गलवार चौतारा बहुमुखी क्याम्पसको वार्षिकोत्सव अवसरमा वडाध्यक्ष नरमान श्रेष्ठले कोरोनाको खोप लगाएर तत्काल कक्षा सञ्चालन गर्नुपर्ने बताएका थिए ।
भौतिक रूपमा नै कक्षा सञ्चालन गर्न पनि धेरै जटिल नरहेको बताउँदै उनले आगामी दिनमा बिध्यार्थीलाई खोप लगाएर कक्षा सञ्चालन गर्न पहल गर्ने समेत बताएका थिए ।
वि.सं.२०७८ भदौ ११ शुक्रवार १६:४२