नर्सको पीडा : १२ लाख खर्च, मासिक १२ हजार आम्दानी
काठमाण्डौ। बिरामी भएर अस्पताल पुग्दा सञ्चो, बिसञ्चो सोधपुछ गर्ने, सामान्य चेकजाँच गर्ने, औषधी खुवाउने लगायतका सबै काम नर्सले गर्छन् । अस्पतालको बिरामी भर्ना कक्ष होस या आपत्कालीन कक्ष जहाँ पनि सेतो कोट लगाएर बिरामीहरूको सेवामा तल्लीन रहने नर्सहरू सेवाका क्रममा आफूले आर्थिक, सामाजिक सँगसँगै धेरै शारीरिक मानसिक पीडा खेप्नुपरेको बताउँछन् ।
महँगो शुल्क तिरेर अध्ययन गरी ठूलो सपना बोकेर नर्सिङ पेसामा आबद्ध भएका उनीहरूको सेवाको कदर नेपालमा नभएको गुनासो सुनिन्छ। विशेष गरी निजी अस्पतालहरूमा अहिले पनि थोरै पारिश्रमिक दिएर लामो समय काममा खटाउने गरेको पाइएको सरकारी अध्ययनले देखाएको छ ।जसका कारण ठुलो जनशक्ति बाहिरिएको छ । नर्सहरूको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ माघ १५ मा नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो ।
यसै दिनको सम्झनामा ‘आजको आवश्यकता नर्सलाई सुरक्षित र सम्मानजनक कार्यव्यवस्था’भन्ने नाराका साथ ६३ औं नेपाल नर्सिङ दिवस मनाइरहँदा नेपालमा नर्सिङ पेसा व्यावसायिक नभएको पीडा नर्सहरूले पोखेका छन् ।
वि.सं.२०८१ माघ १५ मंगलवार २१:३२