back

मंकीपक्स संक्रमणको उच्च जोखिममा नेपाल, रोकथामका लागि सातै प्रदेशमा तयारी सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ। मंकीपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रुत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। ‘नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मंकीपक्स संक्रमण देखिएकाले पनि नेपाल मंकीपक्स संक्रमणको जोखिम नरहेको भन्न सकिँदैन,’ उनले भने।

उनले मंकीपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताए। मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए।

उनका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ। केही दिनयता अफ्रिकी मुलुक कङ्गोमा मंकीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ वी’ फैलिरहेको छ। मन्त्रालयका अनुसार जनवरी यतामात्र उक्त भाइरसका कारण पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य सङ्गठनले पनि मंकीपक्स संक्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकालीन घोषणा गरेको छ।

सर्ने तरिका
मंकीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्‍यालको सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ।

मंकीपक्स संक्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिन भित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरु बढ्ने गर्दछन। आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्छ।

मन्त्रालयको पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भए तापनि नागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मंकीपक्स संक्रमणको रोकथाम र नियन्त्रण गर्न सम्भव हुने जनाइएको छ।


सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढ्यो

वि.सं.२०८१ पुस २८ आइतवार २२:०६

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार छ सय...

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

वि.सं.२०८१ पुस १८ बिहीवार १२:१०

काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन प्रेस चौतारी नेपालको राष्ट्रिय...

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते हुने

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते हुने

वि.सं.२०८१ पुस १५ सोमवार १२:०८

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले ७औँ साधारण सभा तथा...

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

वि.सं.२०८१ पुस १४ आइतवार ०८:५६

काठमाडौँ । पुसको कठ्याङ्ग्रिने जाडोमा ११ वर्षीय निखिललाई कलङ्कीबाट रात्रिबस...

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो गर्दै

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो गर्दै

वि.सं.२०८१ पुस १२ शुक्रवार १९:१७

महोत्तरी– तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित...

एनसेलको शेयर बिक्री रोक्न अमरेशकुमार सिंहले हालेको रिट सर्वोच्चले गर्यो खारेज

एनसेलको शेयर बिक्री रोक्न अमरेशकुमार सिंहले हालेको रिट सर्वोच्चले गर्यो खारेज

वि.सं.२०८१ पुस ११ बिहीवार २२:५३

काठमाडौं – स्वतन्त्र सांसद्‌ अमरेशकुमार सिंहले दूरसञ्‍चार कम्पनी एनसेलको शेयर...