नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेतआवास र सरल कर्जा पाउने
काठमाडौं मङसिर १७, नागरिक लगानी कोषका सहभागीहरूले शाखाकार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषकासबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मकोआवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ ।
कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस्भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो । योभन्दा अघि सबैशाखा कार्यालयहरूले आवास र सरल कर्जा स्वीकृतिको लागि कर्जाकोकागजपत्र केन्द्रीय कार्यालयमा पठाउनु पर्ने व्यवस्था थियो । नयाँव्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नैउपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्नेअपेक्षा कोषले गरेको छ ।
त्यसैगरी कोषले सहभागीहरूलाई बचत रकमको ९० प्रतिशतसम्म ऋणसापटी दिन सकिने व्यवस्था गरेको छ । यसअघि यस्तो सापटीको सीमासहभागीको नाममा जम्मा रहेको बचत रकमको ८० प्रतिशतसम्म थियो ।
वि.सं.२०८१ मंसिर १७ सोमवार १३:३१