back

डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

वासिङ्टन । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उहाँको प्रशंसा गरेका छन् । राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भएपनि उनलाई बधाई दिने क्रम सुरू भएको हो ।

युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै वासिङ्टन र ब्रसेल्सले ‘बलियो ट्रान्सएटलान्टिक एजेन्डा’मा मिलेर काम गर्ने आशा व्यक्त गरेकी छन् । ‘म डोनाल्ड जे ट्रम्पलाई हार्दिक बधाई दिन्छु’, एक्समा उनले भनेकी छन्, ‘इयू र अमेरिका असल मित्रभन्दा माथि एकअर्काका भरपर्दा सहयोगी पनि हुन् । हामी हाम्रा जनताबीचको साँचो साझेदारीमा बाँधिएका छौं, जसले ८० करोड नागरिकलाई एकतामा बाँधेको छ ।’

भोन डेर लेयेनले ट्रान्सएटलान्टिक एजेन्डामा सँगै भएर एक  बलियो काम गर्ने पनि इच्छा व्यक्त गरेकी छन् ।

त्यसैगरी, उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का प्रमुख मार्क रुटले ट्रम्पलाई बधाई दिँदै उनको सत्तामा पुनरागमनले गठबन्धनलाई ‘बलियो’ राख्न मद्दत पुग्ने बताएका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिँदै भनेका छन्, ‘हामीले आगामी चार वर्षसम्म सम्मान र महत्वाकाङ्क्षाका साथ उहाँसँग काम गर्न तयार छौँ। तपाईंको र मेरो सम्बन्धले थप शान्ति र समृद्धिका लागि विश्वासको लेखाजोखा गर्नेछ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ‘चुनावी विजय’को प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरो मित्र डोनाल्ड ट्रम्प तपाईंको ऐतिहासिक चुनावी विजयका लागि हार्दिक बधाई छ।’

परिणाम ट्रम्पको पक्षमा देखिएसँगै चीनले अमेरिकासँग ‘शान्तिपूर्ण सहअस्तित्व’को आशा गरेको बताएको छ । ‘हामी पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षको हितका लागि सहकार्यको सिद्धान्तमा आधारित चीन–अमेरिका सम्बन्धलाई निरन्तरता दिनेछौं’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित ब्रिफिङमा भनेका छन्, ‘हामी अमेरिकी जनताको रोजाइको सम्मान गर्छौं।’

त्यसैगरी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘प्रभावशाली विजय’ का लागि बधाई दिँदै आफ्नो कार्यकालले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास व्यक्त गरेका छन् ।

‘म राष्ट्रपति ट्रम्पको विश्वव्यापी मामिलामा ‘शक्तिको माध्यमबाट शान्ति’ दृष्टिकोणको प्रतिबद्धताको सराहना गर्दछु। यही सिद्धान्तले युक्रेनमा न्यायोचित शान्ति ल्याउन सक्छ,’ जेलेन्स्कीले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।


बनेपा नगरपालिका
कतिमा भइरहेको छ कारोबार?सुनको मूल्य घट्यो,

कतिमा भइरहेको छ कारोबार?सुनको मूल्य घट्यो,

वि.सं.२०८१ पुस ४ बिहीवार १७:२७

काठमाडौं– आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...